दक्षिण भारत, २२ अप्रिल । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मंचको आयोजनामा, नेपाल कम्यूनिष्ट पार्टीको ७३औं स्थापना दिवश र सर्बहारा बर्गका महान गुरु क. लेनिनको १५३औं जन्मदिवश भब्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल हुनुहुन्थ्यो । त्यसै गरि अन्य अथितिहरुमा महासचिव केवि थापा, सचिव त्रिभुवन भट्टाराई, केन्द्रीय कोषाअध्यक्ष मदन शर्मा, सचिवलय सदस्य धरवीर पुन, सदस्यहरु चोवनाथ शर्मा, भगवति कूवँर, नरेश विक, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको कार्यक्रममा आथित्यता रहेको थियो ।
प्रमूख अथिति अध्यक्ष ठाकूर खनालले कार्यक्रमलाई सम्बोधन गर्दै, नेपालको कम्यूनिष्ट आन्दोलन, लेनिनबादी संगठनात्मक पद्धति र बर्तमान राजनीति परिस्थिति बारे प्रष्ट्राउनु भएको थियो । अहिलेको सन्दर्भमा आन्दोलनका उपलब्धी रक्षाको लागि प्रतिगामि तत्वहरुलाई परास्त पार्न स्थानीय चुनावमा कार्यकर्ताहरुलाई देश फर्किन विशेष आव्हान गर्नु भएको थियो ।
सचिवलाय सदस्य धनविर पुनले कार्यक्रम सफलताको शुभकामना दिदै, विश्व कम्यूनिष्ट आन्दोलन, क. लेनिनको भुमिका र कम्यूनिष्ट कार्यकर्ताहरुले अख्तियार गर्नु पर्ने लेनिनवादी संगठनात्मक पद्धतिलाई आत्मसाथ गर्ने सवालमा देखापर्दै आएका समस्याले नै कम्यूनिष्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण बारे धारणा राख्नुभएको थियो । अर्को प्रसंगमा पुनले दक्षिणपंथी र उग्रवामपन्थी भड्कावसँग पौठेजोरी खेल्दै कम्यूनिष्ट आन्दोलन निरन्तर अघि वढिरहेको र बढ्दै जाने विश्वास प्रकट गर्नु भएको थियो । पार्टीको निणर्य विधि पद्धति नमान्ने कुरा क्रान्तिकारी लफाजी गर्ने अनुशासन हिन, अवसरबादीहरुसँग कार्यकर्ता सचेत हुनु पर्नेमा जोड दिनुभएको थियो ।
महासचिव केवि थापाले कम्यूनिष्ट पार्टीको स्थापना लगायत क. लेनिनको जिवनी र आन्दोलनमा देखा पर्दै आएका समस्या बारे धारणा राख्नु भएको थियो ।
सचिव त्रिभुवन भट्टाराई, लगायत अन्य अथिति हरुले पार्टी स्थापना दिवश,र लेनिन जयन्ती बारे सारगर्भित धारणा राख्नु भएको थियो।
कार्यक्रम चन्द्र बहादुर थापाको अध्यक्षता र जनकराज पौडेलको सञ्चालनबाट शुरु भएको थियो । सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण, पश्चात् सहसचिव धर्मराज शर्माले सहभागी सम्पुणर्लाई शब्दद्धारा स्वागत गर्नु भएको थियो। दक्षिण भारत क्षेत्र र अन्तर्गतका नगरहरुबाट व्यापकरुपमा जनसहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सम्पुणर्लाई क्षेत्रीय प्रतिनिधि देविराम केसीले धन्यबाद दिनु भएको थियो । कार्यक्रम अत्यन्तै भब्य र सम्भरुपमा सम्पन्न भएको छ ।