पाण्डेचरी, २४ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत महिला विभागको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलामा मूल प्रवाह नगर अध्यक्ष डिल्लि प्रसाद शर्मा, नगर सचिव तथा क्षेत्रीय सदस्य गोबिन्द शर्मा नगर सदस्य भद्र बहादुर जिसि, नगर सदस्य रबि पौडेल, नगर सदस्य गम बहादुर विक र केन्द्रीय सदस्य भगवती कुँवरको आतित्थ्यता रहेको थियो ।
बिष्णु शर्माको अध्यक्षता र जमुना शर्माको सञ्चालनबाट कार्य अगाडि बढेको थियो । उपस्थित जनसमुदायलाई सविता विकले शब्दद्वारा स्वागत गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात् भेलाको उद्घाटन मूल प्रवाहका नगर अध्यक्ष डिल्ली प्रशाद शर्माले गर्नु भएको थियो ।
उद्घाटन गर्दै महिला हक अधिकारको बारेमा स्वयं महिला नै अघि बढ्नु पर्ने धारणा राख्नुभएको थियो । मूल प्रवाह केन्द्रीय सदस्य भगवती कुँवर, नगर सदस्य भद्रबहादुर जिसि, मूल प्रवाह मध्य दक्षिण एरिया समितिबाट गणेश पौडेल, नगर सदस्य गमबहादुर विकले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाको विभागिय नयाँ समितिको घोषणा मूल प्रवाहका नगर अध्यक्ष डिल्ली प्रसाद शर्माले गर्नुभयो । जसमाः संयोजक- बिष्णु शर्मा, सदस्यहरुमा क्रमशः भगवती कुँवर, जमुना शर्मा, सविता विक, सरस्वती गायक, हिरादेबि शर्मा, संझना गायक, तुलसि गायक, लक्ष्मी गायक, रेखा गायक, मायाँ गायक, हिरा पौडेल, सविना आचार्य, पार्वती देवकोटा, नन्दकला केसी, मुना दर्लामी, उमा केसी, सुशिला केसी, धनमाया गुरुङ, लिला गायक, दुर्गा आचार्य र सञ्जु शर्मा रहनुभएको छ ।
नयाँ समितिलाई मूल प्रवाह नगर सचिव तथा क्षेत्रीय सदस्य गोविन्द शर्मा र नगर सदस्य रबि पौडेलले बधाई दिनुभएको थियो ।