पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा, १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवश भब्यरुपमा सम्पन्न भएको छ ।
डिल्ली प्रसाद शर्माको अध्यक्षता, विष्णु शर्माको सञ्चालन रहेको कार्यक्रममा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य भववति कूवँर र प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य गोविन्द शर्माको आथित्यता रहेको थियो।
शहिदहरुको सम्मानमा एकमिनेट मौनधारण पश्चायत साँस्कृतिक कलाकारहरुले गितबाट र नगर सदस्य गंगाराम आचार्यले शब्दद्धारा उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मजदुर दिवशको महत्व र भारतमा नेपाली श्रमिक मजदुरहरुप्रति संगठनले खेल्दै आएको महत्वपुणर् भुमिका बारे धारणा राख्नु भएको थियो । त्यस्तै केन्द्रीय सदस्य भगवति कुवँरले महिलाहरुका हकहित संगठित शक्तिको महत्व र साथै मजदुर दिवश बारे प्रकाश पार्नु भएको थियो ।
केन्द्रीय प्रतिनिध चन्द्रकान्त शर्माले संगठित र अनुशासित मजदुर बर्गले नै गरिखाने बर्गको हित र पक्षमा काम गर्न सम्भव हुने दृष्टान्त प्रस्तुत गर्दै, संगठनलाई धुमिल पार्न हिडेका केहि अराजक तत्वहरुका गतिविधि गतब्यहिन यात्रा भएको समयक्रमले पुष्टि गर्दै गएको त्यस प्रकारका अराजक गतिविधिप्रति संगठित कार्यकर्ता सचेत हुनुपर्ने धारणा राख्नु भएको थियो । क्षेत्रीय सदस्य गोविन्द शर्माले मई दिवश बारे स-विस्तार रुपमा धारणा राख्नु भएको थियो ।
कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा महिला विभागबाट जमूना शर्मा, समता विभागबाट सुर्य गायक, जनजाति विभागबाट सुरेश चौधारी, मूल प्रवाह नगरबाट भद्र बहादुर जिसी, रवि पौडेल, विनोद गायक, खड्क बहादुर कुवँर, उत्तर टाउन एरियाबाट वम बहादुर क्षेत्री, मुदालियर पेट एरियाबाट रेखा गायक, संझना गायक, महिला विभागबाट सरस्वति गायक, मध्य दक्षिण टाउन एरियाबाट सविता विक, त्रिभुवनै भेल्लिनुर एरियाबाट हरि बहादुर कार्की हुनुहुन्थ्यो । कार्यक्रममा कलाकारहरुबाट गितहरु प्रस्तुत गर्नुभएको थियो ।