चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजकमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस ‘मे १ दिवस’ सम्पन्न पारिएको छ ।
खेम कुमारी जिसीको अध्यक्षता तथा संगिता गन्धर्वको उदघोषणबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसनग्रहण पश्चत ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूणर् जनसमुदायलाई लिला गायकले शब्दद्धारा स्वागत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य बालाकृष्ण गायकले- मे १ संसारका श्रमिक मजदुरहरुको निमित्त महान् पर्व, उच्च बलिदान र ऐतिहासिक मुक्तिको दिन भएको बताउनुभएको थियो । ‘आज भन्दा १३३ बर्ष अघि पूँजीवादीहरु विरुद्ध श्रमिक मजदुरहरूको महान् जित भएको थियो ।’ गायकले भन्नु भयो – ‘विश्वका श्रमिक मजदुरहरुले पूणर् स्वतन्त्रता र अधिकार लिन वर्तमानमा पनि अझै मजदुर आन्दोलनको आवश्यकता रहेको छ ।’
सो कार्यक्रममा एरिया समितिबाट टिका कुमारी गिरी, नगर समितिबाट हेम बिजी र क्षेत्रीय समितिबाट गोकुल बहादुर गायकले पनि विचार मन्तव्य राख्नु भएको थियो ।