कतार नेपाली एकता समाजले १३३औं मजदुर दिवस मनायो

दोहा कतार । कतार नेपाली एकता समाजले १३३औं मजदुर दिवस मनाएको छ । कतार नेपाली एकता समाजका अध्यक्ष बिष्णु थापा क्षेत्रीको अध्यक्षता र महासचिव खिम बुढा मगरको सञ्चालनमा कार्यक्रम अगाडिा बढेको थियो ।

कार्यक्रममा नेपालबाट भर्चुयल मार्फत प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, अतिथि प्रवास इन्चार्ज आनन्द शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगर, साउदी नेपाली एकता समाजका अध्यक्ष राज कुमार धिताल, सचिव रामप्रसाद पराजुली, कोषाध्यक्ष लक्ष्मण कोइराला, सचिवालय सदस्य टुक थापा, के.स हुमाकान्त आचार्य, के.स कमल आचार्य, के.स रण बहादुर परियार, रक्तिम अभियान उपाध्यक्ष दिल बहादुर विक, युग दर्शन अन्लाइन साप्ताहिकका उद्वव मगर, अलखोर एरिया सचिव सुजन बोहरा, महिला बिभाग सदस्य हिरा केसीको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम १९८६ मा अमेरिकाको सिकागो शहरबाट आम मजदुरहरुको बुलन्द आवाज र संयुक्त आन्दोलनमा आहुती दिने मजदुरहरुप्रती १ मिनेट मौन्धारण रहेको थियो । मजदुर दिवसलाई सफल पार्न सहभागि हुनुभएका कतार नेपाली एकता समाजको मातहत रहेर काम गर्नुहुने सम्पुणर् हलमा उपस्थित इकाइ एरिया बिभागलाई कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य मिनराज पुन मगरले आफ्ना मन्तब्यद्वारा स्वागत गर्नुभएको थियो ।

मन्तब्य दिनेक्रममा अन्तर्राष्ट्रिय लुमाकान्त पुन मगर, नेपालबाट जोडिनु भएका अतिथी आनन्द शर्मा, के.स कमल आचार्य, के.स. हुमाकन्त आचार्य, सचिवालय सदस्य टुक थापा मगर, सल्लहाकार खगेश्वर भुसाल, सचिव रामप्रसाद पराजुली, अल्खोर एरिया सचिव सुजन बोहरा, कोषाध्यक्ष लक्ष्मण कोइराला, रक्तिम अभियानका उपाध्यक्ष दिल बहादुर विकले आफ्ना मन्तब्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष बिष्णु थापाले बोल्दै मई एकको दिनमा अमेरिकामा पनि पुणर् ११ सदस्स्यी अमेरिका नेपाली एकता समाज स्थापना भएकोमा अमेरिका नेपाली एकता समाजका सिंगो टिमलाई हार्दिक बधाइ तथा सफल कार्यकालको सुभकामना गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार