कोट्याम । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयामको आयोजनामा २०५र्औ मार्क्स दिवस कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न पारिएको छ ।
अनलाईन कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिसद सदस्य चन्द्रकान्त शर्माले काल मार्क्सको जिवनी र मार्क्सबादी सिद्वान्तबारे प्रस्टाउनु भएको थियो । मार्क्सबाद लेलिनबाद माथि अबसरबादीहरुको हमला गरि कुठराघत गरेको बताउनु भयो । विश्व कम्युनिष्ट आन्दोलन नै रक्षात्मक अबस्थामा पुगेकोले कम्युनिष्ट बिचारमा बिश्वास राख्नेहरु सबै मार्क्सबादी सिद्वान्त माथि लेस हुनुपर्ने ऐलेको महत्वपुर्ण आबस्यता भएको बताउनु भयो ।
बालिका देबी शर्माको सञ्चालन र हरि प्रसाद पौडेलको अध्यक्षताबाट अगाडि बडेको अन्लाईन कार्यक्रममा समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सह सचिब तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय समितिका भद्र बहादुर थापा, धनकुमारी केसी, बिस्नु शर्मा, ओमकान्त शर्मा, वीर बहादुर थापा, मोहोराज चालिसे, चिरञ्जीवी शर्मा, कोचिन नगर अध्यक्ष जुगराज राहु मगर, तिरुवनन्तपुरम नगर उपाध्यक्ष भेस बहादुर नेपालीले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो ।
ज्ञाँत अज्ञाँत वीर शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात टिकाराम सुबेदीले स्वागत मन्तब्य दिनुभएको थियो । जनक बिसी, दिल बहादुर राना, जँग ब. थापाको कार्यक्रम सफलताको शुःभकामना मन्तब्य पछि नगर सचिवले कार्यक्रमा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।