नेल्लोरको डाइकास रोड एरिया समितिको भेला सम्पन्न

English English Nepali Nepali

नेल्लोर ८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिद्धारा सञ्चालित डाइकास रोड एरिया समितिको छैठौ भेला सम्पन्न भएको छ ।

लक्ष्मण सुनारको अध्यक्षता र मेखबहादुर खत्रीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय समितिका सल्लाहकार ठाकुर प्रसाद केसी, नेल्लोर न.स.का उपाध्यक्ष डिल बहादुर बस्याल, नगर समितिका सचिव देविराम केसीको आतित्थ्यता रहेको थियो ।

भेलामा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि डिल बहादुर बस्यालले स्वागत मन्तव्य दिनुभएको थियो ।
भेलाको उद्घाट मन्तव्य ठाकुर प्रसाद केसीले दिनुभएको थियो । त्यस्तै देविराम केसी, ललिता बिक, फुर्सी सुनार, सरस्वती सुनार, भुमा देवि केसीले भेला सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो ।

यसै छैठौ भेलाको प्यानल केन्द्रीय समितिका सल्लाहकार ठाकुर प्रसाद केसीले प्रस्तुत गर्नुभएको थियो । भेलाले लक्षमण सुनारको अध्यक्षतामा सल्लाहकार सहित २३ सदस्यीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष- विष्णु तिमिल्सिना, सचिब- मेख बहादुर खत्री, कोषाध्यक्ष- रुक्मान खड्का, पुणर् सदस्यहरुमा क्रमशः भुमा केसी, फुर्सी सुनार, ललिता बिक, दिनेश केसी, रन बहादुर खड्का, वैकल्पिक सदस्यहरुमाः खिम सुनार, दुर्गा अधिकारी, केसरी सुनार र नर बहादुर बिक रहनुभएको छ । त्यस्तै सुभद्र केसी, कल्पना भण्डारी, खत्री मिनराज रावत, शोभा खडका, तेजि रावत, चित्र अधिकारी र ठाकुर प्रसाद केसीलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार