जापानका चार नेपाली संगठनद्वारा गठबन्धनलाई जिताउन अपील

जापान । जापान नेपाली एकता समाजसहित जापानमा कार्यरत विभिन्न चार नेपाली संगठनले स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी चारवटा प्रवासी संगठनहरुले देशमा लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई जिताउन अपील गरेका हुन् ।

विज्ञप्तिमा जापान नेपाली एकता समाजका अध्यक्ष सालिकराम सापकोटा, प्रवासी नेपाली एकता मञ्चका सागर रिजाल, नेपाली जनसम्पर्क समितिका रोसन केसी र नेपाली जनप्रगतिशील मञ्चका भवानी पन्तको हस्ताक्षर छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार