मूल प्रवाहद्धारा प्रविण दमाईको केरलामा अन्तिम संस्कार

  • धर्मराज शर्मा
  • तिरुवनन्तपुरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्तपुर नगर समितिले एकजना नेपाली श्रमिकको अन्तिम सँस्कार गरेको छ ।

    देशमा दैनिकि गुजरा चलाउनका लागि सम्भव नभएको कारणले सानै उमेरदेखि बिदेशिनु पर्ने आम नेपालीहरुको प्रचलन जस्तै रहँदै आएको छ । देश र जनताका आबस्यकता सुनिश्चित गर्नको लागि भनि भारी मत संकलन गरि पटक पटक सत्तामा पुगेका सरकार पक्षधरहरुले सर्वहारा बर्गका लागि जिबिको पार्जनको लागि रोजगारको बेबस्था मिलाउन नसक्नुका कारण कयौं युवा युवतीहरु विदेशमा पुगेर लाबारिसे भएकाछन् । लाखौं नेपाली युवा युवतीहरु प्रवासको माटोमा बिलय हुनुपर्ने अत्यन्तै दर्दनाक अबस्था बडिरहेको छ ।

    नेपाल स्याङ्जाबाट बसाई सराई गरि तिलोत्तम्मा ११ भुमईको भुपु सैनिक चोक नजिकै रुपन्देहीमा बसोबास गर्ने राजु दमाई र श्रीमती रेनु दमाईका सुपुत्र प्रविण दमाई बर्ष १८ का केरला राज्यको कोल्लम स्थित कुन्दराको एक होटेलमा ४० दिन देखि कामगर्दै आएका थिए ।

    होटेलको डिउटि सकेपछि ०५ मईको राति दश बजे नजिकैको मादक पदार्थ सेवन गर्न पाईने एक बारमा गएर । मादक पदार्थ सेवन गरेपछि बार भित्रै सामान्य झगडा भनाबैरीमा हातपात झडप पछि स्थानिय बासिन्दाले तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरेको प्रत्यक्ष दर्शिहरु बताउँछन् । उनको उपचारको क्रममा ०६ मेईको राति दुःखद निधन भएको स्थानीय प्रशासनले बताएको छ ।

    निधन पछि नेपालमा आमा रेनु दमाईलाई सम्पर्क भए लगत्यै आमा-मामा र एक स्थानिय बासिन्दा गरि सम्बन्धित स्थानमा पुगि प्रशासनसँग आफुहरुले केरलाको भाषा र सबै प्रकृयाहरु पूरा गर्न कठिनाई पर्ने महशुस गरि यहाँ कुनै संघसंस्था वा नेपालीहरुसँग सहकार्य गराई दिन अनुरोध गरे लगत्तै प्रशासनले ११ मईका दिन मूल प्रवाह अखिल भार नेपाली एकता समाज तिरुवनन्तपुरम नगर समितिमा जानकारी दिए पछि समाजका साथिहरु सम्बन्धित स्थानमा पुगि छानबिन र सहकार्यमा खटिएर प्रशासनिक प्रकृयाहरु पूरा गरि १३ मईका दिन मृतक प्रबिण दमाईको अन्तिम सँस्कार गरिएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिसद सदस्य तथा दक्षिण भारत क्षेत्रीय सदस्य चिरञ्जीवी शर्मा, तिरुवनन्तपुरम नगर समितिका अध्यक्ष टिकाराम बैजाली, उपाध्यक्ष भेष बहादुर नेपाली, कोषाध्यक्ष घनश्याम पौडेल, प्रेम आचार्य, ईश्वर विक, धन बहादुर कार्की, विष्णुप्रसाद शर्मा, नेपालबाट आउनुभएका आमा रेनु दमाई, मामा याम ब. दमाई, छिमेकि पवन कुमार परियार र कोल्लम स्थित सँगै काम गर्ने नेपाली श्रमिकहरुको उपस्थितिमा अन्तिम सँस्कार गरिएको छ ।

    शोक मन्तब्यमा बोल्दै पवन कुमार परियारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धन्यबाद ज्ञापन गर्दै प्रवासी नेपालीहरुको उद्वार र उत्थानमा अहोरात्र खटिने मूल प्रवाहको झण्डामुनि आम नेपाली जनसमुदाय हरुलाई गोलबन्द हुन अग्रह गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार