नेल्लोरस्थित सुगरमिल एरिया समितिको पाचौँ भेला सम्पन्न

English English Nepali Nepali

नेल्लोर, १५ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समिति अन्तर्गत सुगरमिल एरिया समितिको पाचौँ भेला सम्पन्न भएको छ । भेला डिल बहादुर बसेलको अध्यक्षता र गोर बहादुर केसीको सञ्चालनमा अगाडि अगाडि बढेको थियो ।

भेलामा क्षेत्रीय प्रतिनिधि नेल्लोर एवं नगर समितिका सचिव देविराम केसी, नेल्लोर नगर समितिका सह-सचिब मेख बहादुर खत्रीको विशेष उपस्तिथि रहेको थियो । भेलामा शहिदहरुको संझनामा एक मिनेट मौनधानरण पछि पुणर् बहादुर बिकले स्वागत मन्तव्य दिनुभएको थियो ।

भेलाको उद्घाटन तथा उद्घाटन मन्तव्य देविराम केसीले दिनुएको थियो । यसैक्रममा देवि बिक, कमला बिक, राधिका कुँवर, रिना सुनार, कुल बहादुर विक लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो । यसै पाचौँ भेलाद्धारा चयन समितिको घोषणा नगर सह-सचिब मेख बहादुर खत्रीले गर्नु भएको थियो ।

जसमा अध्यक्ष- गोर बहादुर केसी, उपाध्यक्ष- कमला विक, सचिव- डिल बहादुर बसेल, सहसचिब- रिना सुनार, कोषाध्यक्ष- पुणर् बहादुर विक, पुणर् सदस्यहरुमा- कुल बहादुर विक, शिव विक, वैकल्पिक सदस्यहरुमाः-फुर्सी देवि केसी, देबि विक, सल्लाहकार- राधिका कुँवर, असोक कुँवर, चन्द्रीका केसी र दुर्ग बहादुर कार्की रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार