काका र फूचुंगी (भाग-३२)

English English Nepali Nepali

फूचुंग्री :- स्थानिय चुनावमा एमाले नराम्ररी पछारिएछ नि !

काका :- धन बल डनको घमण्ड चकनाचुर भयो । राप्रपा जस्तासँग गठबंधन गरेर पनि उपाय लागेन ।

फूचुंग्री :- कथित विद्रोही मसालका मान्छे पनि चुनावी मैदानमा पछारिएछन् त ?

काका :- एमालेको सहयोगमा कुन्नि कहाँ एउटा ओडा सदस्य जिते रे, अन्यत्र त क्रान्तिकारी हुनले हारे रे, कति हाँस्नु यिनीहरूको कुतर्क ।

फूचुंग्री :- गठबंधनको स्थिति कस्तो रह्यो काका ?

काका :- प्रतिगमनकारी पुनरुत्थानवादी तत्वहरूलाई सफाया गर्ने जुन योजना थियो, त्यसमा सफलता मिल्यो, पहिले जितेका सिट एमालेले यसपाली धेरै ठाउँमा गुमाउनु पर्यो । एकाध ठाउँमा माओवादी र कांग्रेसबाट घात भयो । जसले राजमोलाई नोक्सान पुग्यो ।

फूचुंग्री :- कांग्रेससँगको गठबंधन ठीक होइन, भन्नेहरु पनि छन् नी ?

काका :- तिनीहरू पार्टी विरोधी अराजक फुटपरस्त तत्वहरू हुन् या त राजनीति नबुझेका अनाडी हुन् । राजा र राजावादी तत्वहरू वा प्रतिगमनकारी पुनरुत्थानवादी तत्वहरूलाई परास्त गर्न नेपाली कांग्रेस जस्ता प्रजातान्त्रिक शक्तिहरूसँग तालमेल कार्यगत एकता वा गठबंधन हुने गरेको लामो इतिहास छ ।

फूचुंग्री :- राजमोलाई हराउन राजमो समन्वय समितिको नाउँमा एमाले विप्लव राप्रपासँग अघोषित चुनावी तालमेल गरेका कथित विद्रोही जागरण क्लबका मान्छेहरूको असली थुतुनो जनताले देखाई दिएछन नि काका ?

काका :- भए भरको जोड लगाएकै हुन्, नाम मात्रै सुब्बिनी, के खाएर उभ्भिने, नाम मात्रै राखेर हुन्छ र ? अस्तिको कुरा हो एउटी साथी बिरामी रहिछन्, तीन चार ओटी भेट गर्न गएछन्, राती अबेर भएछ अरु कसैलाई नभेटी फर्किएछन्, अर्को दिन रडाको मच्चिएछ, त्यहाँ पस्ने मेरो घर नपस्ने, बाटो काटेर हिड्ने, यसरी ति नेताले ती सहयोगी मनहरुको मन दुःखाएछन् । यस्तो पाराले कसरी चुनाव जितुन तो ।

फुचुंग्री :– त्यस्ता जनतासँग घुलमिल हुन नजान्ने आफै नेता हूँ भन्ने घमण्डी पाराले कस्तो क्रान्तिकारी हुने होचन रो काका ?

काका :- उफ ! के के सोध्छे यो फूचुंग्री पनि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार