पाण्डेचरीमा संयुक्त एरिया सम्मेलन सहित समता विभागको गठन

पाण्डिचेरी, २२ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत मूलदियरपेट र मध्य दक्षिण टाउन एरिया समितिको सयुक्त २७औं वार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य साथै दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य भगवति कूवँर, प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य साथै पाण्डिचेरी नगर अध्यक्ष डिल्ली प्रसाद शर्मा, नगर सदस्य गंगाराम आचार्य, भद्र बहादुर जिसी, विष्णु शर्मा, गम बहादुर विक, विनोद गायक, जमूना शर्मा लगायतको आथित्यता रहेको थियो ।

संयुक्त एरिया सम्मेलनको उद्घाटन नगर अध्यक्ष डिल्ली प्रसाद शर्माले दिप प्रज्जवल गरि तालीको गडगडाहटबाट गर्नु भएको थियो । उद्घाटन भाषण गर्दै शर्माले संगठनको स्थापना कालदेखि देखिंदै आएका भड्काव र सबै प्रकारका ब्यवधानहरुको सामाना गर्दै संगठन निरन्तर रुपमा अघि बढिरहेको र संगठनको नीति कार्यक्रम सहि भएको कारण कतिपय तत्वहरुले भ्रम पार्ने दुस्साहस गरे पनि सम्भव नहुने विश्वास ब्यक्त गर्नु भएको छ ।

त्यस्तै केन्द्रीय सदस्य जनकराज पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहको स्थापना कालदेखि बर्तमान परिस्थितिसम्म आईपुग्दा संगठनले निर्वाह गरेको भुमिका र न्यायप्रेमि जनसमुदाय र भारतमा रहेका श्रमिक नेपाली मजदुरको पक्षमा न्यायपुणर् आवाज बुलन्द गर्दै आएको, हरेक प्रकारका चुनौतिको वैचारिक प्रतिबाद गर्न कार्यकर्ता सक्षम रहेको धारण राख्दै, संघर्षशिल र गौरवपुणर् ईतिहास बोकेको संगठनलाई कुनै पनि प्रकारका अवसरबादी तत्वहरुले गति रोक्न नसक्ने र अरु शसक्त प्रकारले अघि वढ्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

केन्द्रीय सदस्य भगवति कूवँरले संगठनको महत्व र महिला अधिकार बारे धारणा राख्दै अधिकार प्राप्तिको लागि संगठित हुनु पर्ने आव्हान गर्नु भयो ।

केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माले, संगठनको ईतिहास बारे स्पष्ट पार्दै, संगठनबाट निस्काशित अराजकहरुले संगठनलाई धुमिल पार्ने कोशिस गरे पनि सचेत कार्यकर्ताहरु बैचारिक प्रतिवाद गर्दै आएको र अब कोहि पनि भ्रम पर्नुपर्ने अबस्था नरहेको भन्दै संगठित कार्यकर्ता अनुशासन बद्ध भई दृढता पुर्वक अघि वढ्नु पर्नेमा जोड दिनु भएको थियो । सबै अथितिहरुले संगठनप्रति धारणा राख्दै सम्मेलन सफलताको शुभ कामना दिनुभएको थियो ।

विनोद गायकको अध्यक्षता र रवि पौडेलको सञ्चालन रहेको कार्यक्रमा शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चायत उपस्थित जनमानसहरुलाई हिरा देवि शर्माले शब्दद्धारा स्वागत गर्नुभएको थियो भने कलाकारहरुले गितबाट स्वागत गरेका थिए ।

निर्वाचित समिति मध्यदक्षिण टाउन,

अध्यक्ष सविता विक, उपाअध्यक्ष प्रेम बहादुर क्षेत्री, सचिव- मुना दर्लामी, सह सचिव- सविना आचार्य, कोषाअध्यक्ष- जमूना शर्मा, सदस्यहरुमाः- हिरा देवि शर्मा, गणेश शर्मा, चन्द्रकान्त शर्मा, विष्णु शर्मा, पार्वती आचार्य, जनकराज पौडेल, वैकल्पिक सदस्य- राम क्षेत्री र हिरा शर्मा रहनु भएको छ ।

मूदलियर पेट एरिया,

अध्यक्ष रवि पौडेल, उपाअध्यक्ष- सुर्य गायक, सचिव- विनोद गायक, सहसचिव- रेखा गायक, कोषाध्यक्ष- भद्रबहादुर जिसी, सदस्यहरुमा- गंगराम आचार्य, सरस्वति गायक, तुलसी गायक, संझना गायक, माया गायक, राजु गायक, पृया गायक, लक्ष्मि गायक रहुन भएको छ ।

समता विभाग गठन,

सम्मेलनको सन्दर्भमा समता विभागको दोस्रो नगर भेला पनि सम्पन्न भएको छ । गम बहादुर विकको संयोजकमा- सदस्यहरुमा क्रमशः- विनोद गायक, राजु गायक, सुर्य गायक, सविता विक, सरस्वती गायक, लक्ष्मी गायक, धन बहादुर परियार, गोरख परियार, खगेश्वर सुनार, नवीन कुमार विक, तुलसी गायक, रेखा गायक, संझना गायक, माया गायक, सुर्य गायक, कुमारी गायक, चद्र बहादुर सुनार, एलएल सेर्पाली रहनुभएको छ ।

नवनिर्वाचित समितिका पदाअधिकारीहरुलाई, जनकराज पौडेल, भगवति कुँवर र गम बहादुर विकले बधाई दिनु भएको थियो । कार्यक्रमको विच विचमा कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार