काका र फूचुंग्री ( भाग-३३)

फूचुंग्री :- कता हुनुहुन्छ काका ?

काका :- चुनाव सकेर हिजो राती पुगें, भोलिबाट डिउटीमा चढ्छु होला ।

फूचुंग्री :- यसपाली पनि गठबंधन गरेर चुनाव लडेछन् दलहरु है ?

काका :– यो चुनाव भरी देउवा पक्षका पाँच दलिय गठबन्धन र ओली पक्षका नौं दलित गठबंधनको चर्चा रह्यो ।

फूचुंग्री :- प्रतिगमनको खतरा छ, भन्दा भन्दै पनि एमालेको जीत राम्रो देखियो नि ?

काका :- उनीहरूको चुनावी रणनीति बलियो छ । पाँच दलिय गठबन्धन घटकमा राजमोको मात्रै इमान्दारिता देखियो, माओवादी कांग्रेसले एमालेसँग तालमेल गरेर राजमोलाई हराउन षड्यन्त्र रचे । प्रतिगमन चुनाव जित्ने हाउगुजी मात्रै देखियो ।

फुचुंग्री :- राजमोको चुनावी मत परिणाम कस्तो रह्यो ?

काका :- पार्टी विरोधी वा अन्य फुटपरस्त तत्वहरूले सोंचेको भन्दा फरक रह्यो, राजमोको जीत भयो । नीति सिद्धान्त विचार कार्यक्रमको आधारमा भोट माग्ने काम भयो । एमसीसीको विरोध, संघीयताको विरोध, महंगी भ्रष्टाचार, बेरोजगार मूल एजेण्डा बन्यो । जनताको बीचमा जनताको हितमा राजमोले आफ्ना नीति सिद्धान्त विचार कार्यक्रम लैजान सफल भयो ।

फुचुंग्री :- स्वतन्त्रबाट धेरैले जितेछन्, के यो दलहरुप्रतिको वितरण हो कि ?

काका :- जनतामा मिठो मिठो सपना बाँडेर सत्तामा पुगेका ठूला भनाउँदा नेताहरु दलहरुले व्यक्तिगत स्वार्थ र दलगत महत्वांक्षामा चुर्लुम्म डुबे पछि जनतामा छाएको निराशा हो स्वतन्त्र उम्मेद्वारको जीत । यो जीत चुनौती बनेको छ ति हात्ती पार्टीका मान्छेलाई ।

फुचुंग्री :- राजमोले देशै भरि जित्न सकेन किन होला काका ?

काका :- पहिलो कुरा त देशैभरि राजमोको संगठन बलियो छैन, फुटपरस्त तत्वहरूले पनि असर पार्ने काम गरे । यो पनि गठबन्धनको फाइदा हो । अब पाँच वर्ष मिलेको छ दशै भरि गिलास गिलास गिलास बनाउने । सम्पूणर् शक्ति लगाएर संगठन निर्माण र विकासमा लाग्नु पर्छ । जनताको बीचमा जनताको हितमा सेवाभावले समर्पित हुने बेला आएको छ ।

फुचुंग्री :- रात दिन लगाएर मसाल सिध्याउने खेलमा लागेका कथित जागरण क्लबका मान्छेहरूको रोइलो अझै कम भईन है काका ?

काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार