कोट्टयाम नगर समितिले कार्यकर्तालाई स्वदेश बिदाई गरेको छ

कोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले सकृय सदस्य श्री टिकाराम सुवेदीलाई स्वदेश बिदाई गरेको छ ।

जैमिनी नगरपालीका छ बिनामारे बाग्लुङमा २०२४ सालमा जन्मिनु भएका सुबेदी २०३६ सालको बिद्यार्थि आन्दोलनबाट प्रभावित हुँदै राजनीतिक रुपमा अगाडि आउनु भएका सुवेदी जनमत संग्रहमा बहुदलीय ब्यबस्थाको पक्षमा प्रचार प्रसार गर्दै २०४३ सालमा अनेरास्ववियु छैठोको बिनामारे इकाइमा आबद्व हुँदै २०४७ सालमा अखिल नेपाल राष्ट्रिय जनमोर्चा बिनामारेको स्थानीय समितिको सदस्य रहनुभएका सुवेदी स्वदेशमै आफ्नो दैनिकि गुजारामा निरन्तरता नदेखे पछि सन १९९३ मा भारतको केरला राज्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा कोट्टयाम नगर समितिमा आबद्ध हुँदै बायुमोर्चा कोट्टयमको सेक्रेटरी जस्तो गरिमामय स्थानमा रही आफ्नो जिम्मा बहन गर्नुभएको थियो ।

गोर्की साहित्य समितिको सदस्य मूल प्रवाह कोट्टायमको भु.पु. सचिव तथा वर्तमान कोषाध्यक्ष रक्तिम साँस्कृतिक मोर्चा कोट्टयामका संयोजक तथा केन्द्रीय सदस्यमा रही महत्वपुर्ण भुमिका निभाउँदै आउनुभएका सुवेदी विधि बिधान र अनुशासनमा रही आफ्नो जिम्मेबारी बहन गर्दै आउनु भएको थियो ।

केरला राज्य कोट्टयामस्थित एम आर एफ टायर कम्पनिमा करिव तीन दशक रोजगार गर्नुभयो । जागिरबाट अबकाश प्राप्त गरेपछि आफू बसाई सराई गरेको रत्ननगर नगरपालीका चितवनमा रही बचेको समयलाई राष्ट्रिय जनमोर्चामा योगदान पुराउने प्रतिबद्धता जनाउनु भएको थियो ।

मनोज जि सिको सञ्चालन र हरी प्रसाद पौडेलको अध्यक्षता पछि अगाडि बडेको बिदाई कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य चोवनाथ शर्मा दक्षिण भारत क्षेत्रीय समितिका सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, भद्र बहादुर थापा, धनकुमारी केसी, बालीका देबि शर्मा, राष्ट्रिय जनमोर्चा चितवनका सदस्य एल पि शर्माले टिकाराम सुवेदी र श्रीमती गुमा सुवेदीले अविर र दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पछि उपस्थित जनसमुदायलाई जंग बहादुर थापाले शब्दबाट स्वागत गर्नु भएको थियो । चोबनाथ शर्माले मुमेन्टो हस्तान्तरण गर्दै शु-भकामना मन्तब्य राख्नुभएको थियो ।
बिदाई कार्यक्रममा शु-भकामना मन्तब्य दिनेहरुमा एकराज पौडेल गणेश परियार लक्ष्मी पौडेल प्रेम प्रसाद शर्मा खुमादेबी शर्मा

देबिरिजाल अधिकारी छबिलाल कार्की किशेर अधिकारी ओम बहादुर थापा रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार