भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्र अन्तर्गत भिवाडी नगर समितीद्वारा सञ्चालित विद्यार्थी विभागको दोश्रो भेला १९ जुन २०२२ का दिन सम्पन्न भएको छ।
भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य बाबुराम बस्नेतले गर्नुभयो । भेला उद्घाटन गर्दै बस्नेतले नेपालको तत्कालीन राजनितिक अवस्थाको चर्चा गर्नुभयो ।
साथै, उहाँले विद्यार्थी जीवनको महत्त्वबारे स्पष्ट पार्दै विद्यार्थी भनेका भविष्यका कर्णाधार हुन्, त्यसैले विद्यार्थीहरु सक्रिय रूपले राजनीतिमा लाग्नु पर्छ भन्नुभयो ।
भेलाले ७ पूर्ण, २ वैकल्पिक र २ जना सल्लाहकार रहेको ११ जना सदस्यीय विभागको घोषणा केन्द्रीय परिषद सदस्य राम बहादुर थापाले गर्नु भयो । जसको अध्यक्षमा राजु खड्का, सचिव सृष्टि राई, कोषाध्यक्ष रानी थापा, सदस्यहरुमा मनिषा बुढाथोकी, मनिष बुढाथोकी, अन्सु खड्का, चादनी सुनुवार त्यसैगरी वैकल्पिक सदस्यहरुमा पुरन बगाले, सन्तोष बुढा मगर रहनुभएको छ भने सल्लाहकारको दुई स्थान रिक्त राखिएको छ।
कार्यक्रम सृष्टि राईको अध्यक्षता र किशोर राईको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय विद्यार्थी विभागका सहसचिव कृष्टी राई, मूल प्रवाह केन्द्रीय परिसद सदस्य राम बहादुर थापा, क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, भिवाडी नगर समिती सदस्य अमृत कुमार खड्काले भेलाको सफलताको शुभकामना दिनु भएको थियो ।
त्यसैगरी नगर सदस्य गिर बहादुर, धारुहेरा एरिया समिति देखि ध्रुव थापा, भिवडी र यूआईटी एरिया समितिबाट राम कुमार नेपाल, गोपि प्रसाद शर्मा, महिला विभाग देखि फूलमाया कुमाल, फूल कुमारी राई, पूर्वनगर सदस्य मन बहादुर थापाले नयाँ निर्वाचित विद्यार्थीहरुलाइ सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
किशोर राईको सन्चालन, सृष्टि राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञात आज्ञात शहिदहरुको सम्झनामा एक मिनटको मौनधारण पछि रानी थापाले स्वागत गर्नु भएको थियो।