काका र फुचुंग्री (भाग-३५)

फुचुंग्री :– मौसम कस्तो छ ?

काका :- कतै घाम छायाँ कतै पानी पानी, यस्तै छ मौसम।

फुचुंग्री :– घण्टी बजाउने मौसम पनि आएछ नि काका?

काका :- त पनि कति लाटी हो क्या ! यिनीहरू देश र जनताको हितमा राजनीति गर्न आएकै होइनन, दिल्लीमा केजरीवाल को नक्कल गर्न खोजेका हुन, बहुसंख्यक नेपाली जनताको हितमा काम गर्ने मन हुँदो हो त वर्गसंघर्ष को लाइन लिने थिए नी ।

फुचुंग्री :– राष्ट्रिय स्वतन्त्र पार्टी को भविष्य छैन भन्न खोज्नु भएको हो काका ?

काका :– राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा जनतालाई सम्बोधन गर्न सक्दैन किनकि तिनीहरू पनि यही सडेगलेको मरणासन्न अवस्थामा पुगेको पुँजीवादी प्रतिक्रियावादी संसदीय गन्दा नालीमा रमाउने किरा हुन।

फुचुंग्री :– देश र जनताको हितमा काम कुन पार्टीले गर्छ त ?

काका :– यतिबेला देशका युवा बेरोजगारीको कारणले देश बाहिर छन्, देश दुनियाको राजनैतिक घटनाक्रमलाई हेरिरहेका छन् । राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा आमूल परिवर्तन गर्न नेपाली जनताको नजरमा एकमात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (मसाल) राष्ट्रिय जनमोर्चा छ नेपालमा ।

फुचुंग्री :– राष्ट्रिय जनमोर्चामा युवा आकर्षित हुन सकेनन् किन होला ?

काका :– नेपालका प्रतिक्रियावादी मात्रै होइन विश्व साम्राज्यबादी शक्ति चाहँदैन नेपालमा क्रान्ति सफल होस्, चौतर्फी हमला भइरहेको छ । एनजीओ, आईएनजीओद्वारा धार्मिक भावना भड्काएर युवाको ब्रेनवाश गरिएको छ, प्रतिक्रियावादी पुँजीवादी दल समुहका दलालहरुले अनेकन प्रलोभन देखाएर युवालाई भड्काएका छन् । हामीलाई विश्वास छ समयको मागसँगै क्रान्तिकारी माहोल बन्नेछ, सम्पूर्ण नेपाली जनताहरु मसाल हुनेछन् ।

फुचुंग्री :– मसालबाट निष्कासित फुटपरस्त तत्वहरू अझै मसालकै खेदो खन्न व्यस्त छन् त ?

काका :- नाच्न नजान्ने आंगन टेढो भनेकै त्यही हो,

फुचुंग्री :– मसालको खेदो नखनी क्रान्तिकारी बन्न गार्हो भकै हो त कथित जागरण क्लबका मान्छेहरूको लागि ह काका ?

काकाः– उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार