हङकङ । हङकङ नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाद्धारा सक्तमान बुढाथोकी अध्यक्षमा र महासचिवमा अमृता राना चयन हुनुभएको छ ।
समाजका अध्यक्ष सक्तमान बुढाथोकी अध्यक्षता, महासचिव ज्ञामुराम आचार्यको सञ्चालन र उपाध्यक्ष अमृता रानाको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रम हंङकंङको वानचाई पार्कमा सम्पन भएको छ ।
भेलाले १३ सद्स्य कार्य समिति र ७ सदस्यीय सल्लाहकार चयन गरेको छ । जसमाः उपाध्यक्ष- यामनारायण सापकोटा, सचिव- तिल कुमारी श्रीस, कोषाध्यक्ष गंगा थापा, सदस्यहरुमा क्रमशः जसिन्ता राना, निरा थापा, प्रेम कुँवर, मिना पुन, गिता सुनार, सूर्य थापा, हिमाल बुदाथोकी, विश्व थापा रहनुभएको छ भने सल्लाहकारहरुमा क्रमशः बालान्द घिमिरे, तिल बहादुर कार्की, ज्ञामुराम आचार्य, धन बहादुर घर्ती, शेर बहादुर पुन, इन्द्र बहादुर थापा र उमा थापा रहनु भएको छ ।
अन्त्यमा नव निर्वाचित अध्यक्ष शक्तमान बुढाथोकीले भेलाको समापन साथै नया नवनिर्वाचित कार्यसमिति को तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।