भारतको १५ औं राष्ट्रपतिको रुपमा मुर्मुद्वारा शपथ ग्रहण

दिल्ली, 25 जुलाई 2022 । द्रौपदी मुर्मुले भारतको १५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेकी छन्। सोमवार मुर्मुलाई सर्वोच्च अदालतका  प्रधानन्यायाधीश एनभी रमणले शपथ ग्रहण गराएका हुन् ।

राम नाथ कोभिन्दको आइतवार कार्यकाल सकिएको थियो । उनी झारखन्डकी पहिलो महिला गभर्नर पनि हुन् । उनी सन् २०१५ देखि सन् २०२१ को बीचमा त्यहाँकी गभर्नर बनेकी थिइन् ।

ओडिशामा उनले मन्त्रीको कार्यभार पनि सम्हालिसकेकी छिन् । मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार