रोजि श्रेष्ठलाई ओमानबाट एकता समाजद्धारा स्वदेश बिदाई

ओमान । ओमान नेपाली एकता समाजकी सदस्य रोजि श्रेष्ठ ओमानको लामो बसाइलाइ बिट मार्दै स्वदेश फर्कने क्रममा उहालाई ओमान नेपाली एकता समाजले बिदाई गरेको छ ।

१५ जुलाई २०२२ का दिन बिदाई कार्यक्रममा उपस्थित साथिहरुले बिदाईका शुभकामना मन्तब्य दिनुभएको थियो । समाजका अध्यक्ष छबिलाल बस्नेतले शुभकामना दिदै उहाँलाई देश बिदेश जहाँ रहे पनि हामी संगै रहँदा जानेबुझेका कुराहरु प्रवासमा श्रमिकका समस्या र देशमा हरेक राष्ट्र र राष्ट्रियताको सवालमा सदैब एकताबद्ध हुँदै हातेमालो गर्नुहुनेछ भन्ने शुभेच्छा सहित यात्रा सफलताको शुभकामना दिनुभएको थियो । यसैगरी सचिव दिपक रम्तेलले कदर पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता रिता चौधरीले र सञ्चालन मनु सुनुवारले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार