लाकेन्द्र पौडेल
दक्षिण भारत । २४ जुलाई २०२२ का दिन बाग्लुङ जिल्ला जमिनी नगरपालिका वडानं ८ छिस्ती धुर्सेनी घर भई हाल तामिलनाडुस्थित मावलीपुरमा कार्यरत भिमलाल सार्कीका छोरा बर्ष ५२ का यामलाल नेपाली भन्ने मने सार्कीको चेन्नईदेखि तिव्रगतीमा आउँदै गरेको कारले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिमा प्राप्त हुन आएको थियो ।
नगर समितिमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल मावलीपुरमा सम्पर्क गरी मूल प्रवाहका सदस्य टेकराज खनालको सक्रियतामा पोष्टमार्टम लगाएतका कानुनी प्रकृया पुरागरिएको थियो । मृतकका आफन्तहरु र छोराहरु रमेश, विक्रम, आकाश र छोरी ईन्द्रा, ज्वाई मिलन र बहिनी दिपा र डिला, तिलक, सावित्री, पुणर् बहादुर, कमल, दुर्गा बहादुर थापा, प्रकाश, शिवलाल विष्ट र मूल प्रवाह सदस्य टेकराज खनालको उपस्थितिमा चंगलपेटको सुरघाटमा दाहासंस्कार गरिएको छ ।