चेन्नै पूर्व । मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व नगर समितिको आयोजना विरोध कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले राष्ट्रघाती नागरिकता विधेयकको बारेमा प्रस्ट पार्नुभएको थियो । त्यस्तै, क्षेत्रीय समितिका वैकल्पिक सदस्य तथा नगर कोषाध्यक्ष सूर्य भुषाल, नगर समितिबाट लोकप्रसाद पराजुली, बाबुराम सापकोटा, चेम्मनचेरी एरिया सदस्य प्रथमबहादुर क्षेत्रीले सम्बोधन गर्नुभएको थियो ।
नगर सचिव टिका थापाको सञ्चालनबाट अघि बढेको कार्यक्रम नगर अध्यक्ष लक्ष्मण चालिसेको अध्यक्षता तथा सञ्चालन लोकप्रसाद पराजुलीले गर्नुभएको थियो ।