नागरिकता विधेयक विरुद्ध भोपालमा सभा सम्पन्न

#कृष्ण पचभैया

भोपाल मध्ये प्रदेश, २७ जुलाई । मध्य प्रदेश राजधानी शहर भोपालमा राष्ट्रघाती नागरिकता विधेयक खारेजीका लागि विरोध सभा सम्पन्न भएको छ ।

श्रीमती सोनु थापाको अध्यक्ष्यता, नगर उपाध्यक्ष्य अर्जुन जिएमको सञ्चालनबाट अगाडि बढेको सो विरोध सभा कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारण भुपेन्द्र शाहले स्वागत मन्तव्य दिनुभएको थियो ।

केन्द्रीय सदस्य ताल बहादुर खड्का, मध्य भारत क्षेत्रीय समिति अध्यक्ष्य नारायण सापकोटा, नगर समिति अध्यक्ष्य पिताम्बर पुलामीले कार्यक्रममा आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

राष्ट्रघाती नागरिकता विधेयकले देश ढिलो वा चाँडो सिक्किमी करण हुँदै जाने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार