सिताम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चिदम्बरमको आयोजकमा “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका साथ विरोध सभा सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य बाला कृष्ण गायक प्रमुख अतिथि रहनु भएको सो विरोध सभाको अध्यक्षता मोहराज शर्माले गर्नु भएको थियो । अथिति आसनग्रहण पश्चत ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरि अघि बढेको उक्त विरोध सभामा विरोध मन्तव्य राख्दै प्रमुख अतिथि श्री गायकले- ‘नेपाल राष्ट्र भित्रै हामी नेपालीहरुलाई अल्पमतमा पारेर नेपाललाई फिजिकरण गराउने विदेशी उद्देश्य साथ ल्याईएको यो राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न विश्वबाटै सशक्त आवाज उठाउनु पर्ने आवश्यक रहेको छ’ भन्नु भयो ।
नेता गायकले- विदेशीलाई जन्मको आधारमा वंशजको नागरिकता दिने हो भने देशको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधिनता गुम्ने विचार व्यक्त गर्नु भयो ।
सो विरोध सभामा आफ्नो विरोध मन्तव्य राख्नेहरुमा- क्षेत्रीय सदस्य नारायण शर्मा, नगर सदस्य हेम बिजी, नगर महिला विभागबाट खेम कुमारी जिसी र नगर विद्यार्थी विभागबाट विनोद जिसी हुनु हुन्थ्यो ।
उक्त विरोध सभामा उपस्थित जनसमुदायहरूलाई प्रेम पराजुलीले स्वागत मन्तव्यका शब्दबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन गोकूल बहादुर गायकले गर्नु भएको थियो ।