कोट्टयाममा सन्देश सभा सम्पन्न भएको छ

#धर्मराज शर्मा

कोट्टयाम केरला, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा दशौं दक्षिण भारत सम्मेलन सफलताको सन्देश सभा सम्पन्न भएको छ।

मूल प्रवाहका पुर्व केन्द्रीय सदस्य तथा बर्तमान राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर दुईका अध्यक्ष शेर बहादुर कार्किले कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ईतिहास र देशको समसामयीक राजनीतिक परिस्थितीबारे ईस्पष्ट पार्नु भएको थियो भने समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माले दशौं दक्षिण भारत क्षेत्रीय समितिले सामना गर्नु परेको परिस्थिति र सम्मेलन सफल पार्ने समयसम्म परिआएका कठिनाई बारे प्रष्ट पार्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर दुईका अध्यक्ष शेर बहादुर कार्किको प्रमुख अतित्थ्यता र समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा दक्षिण भारत क्षेत्रीय समितिका सह सचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा क्षेत्रीय सदस्य भद्र बहादुर थापा, धन कुमारी केसी, मनोज जिसी, महिला बिभागकी बालीका देबि शर्मा, खुमा देबी शर्मा राष्ट्रिय जनमोर्चा चितवनका सदस्य एल पि शर्मा, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य बिना कार्किको आतित्थ्यता मन्तव्य दिनुभएको थियो ।

त्यस्तै रुपा पौडेल, शिव चापागाई, प्रेम प्रसाद शर्मा, लाल चन्द्र पौडेलले पनि मन्तव्य दिनुभएको थियो । कार्यक्रम नगर समितिका सह सचिब दिल बहादुर रानाको सञ्चालन, नगर उपाध्यक्ष शेर बहादुर बिकको अध्यक्षता र नगर सदस्य एकराज पौडेलको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार