रमेश विसीलाई स्वदेश विदाई

#कोटी प्रसाद पोख्रेल,

चेन्नई, ७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिका सचिव रमेश बिसी सदाको लागि स्वदेश जानु भएको हुँदा उत्तर नगर समितिले विदाई एक कार्यक्रम बिच विदाई गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुल बाहदुर थापाको प्रमुख अथिती, क्षेत्रीय समितिका सचिवालय सदस्य काशीराम शर्मा, क्षेत्रीय समितिबाट तेजेन्द्र थापा, नगर समितिबाट रेशम थापा, विष्णु बिक, तिल बहादुर बिक र रमेश बिसीको अथिती आसनग्रहण ज्ञात अज्ञात शहितहरुप्रति एक मिनेट मौनधारण पछि नगर सदस्य मान बहादुर केसीले स्वागत मन्तव्य दिनुभएको थियो ।

विदाई कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अथिती थापाले मूल प्रवाहले दिएको योगदानलाई स्वदेशमा गएर पनि बर्गिय आन्दोलनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको थियो । ‘साथीको बिदाई संगठनबाट विदाई नभएर एउटा हौसलाको विदाई हो । धेरै साथीहरुलाई संगठनले विदाई गरेको उदहारण हामी बिचमा छन्, तर बिचै बाटोमा पलायन भएको र ब्यक्ति स्वार्थको लागि नैतिकताबाट समाप्त भएका साथीहरु हुनुहुन्छ ।’ थापाले अगाडि भन्नु भयो- ‘तर उहाँमा त्यस प्रकारको विचल आउने छैन ।’ स्वदेशमा पनि वर्गिय आन्दोलनको यात्राको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै स्वयं रमेश बिसीले संगठनले दिएको यो सम्मान र ज्ञानलाई कदापि नभुल्ने र जहाँ गएपनि संगठनप्रति वफादार रहेर जनताको सेवा गर्ने आश्वासन ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै विदाई कार्यक्रममा काशीराम शर्मा, तेजेन्द्र थापा, रेशम थापा, विष्णु बिक, तिलक बिकले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम उत्तर नगर समितिका अध्यक्ष गोपाल बिकको अध्यक्षता र नगर सदस्य कोटी प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार