चेन्नई । बुटवल उपमहानगरपालिका १५ रतनपुर, बाबु लालबहादुर थापा र आमा टीका कुमारी थापाका स-पुत्र दिनेश थापा बर्ष २६ का, २२ जुलाई २०२२ का दिन राति दुई बजेदेखि लापत्ता भएका छन् । उनी नेपालदेखि चेन्नई आउने क्रममा, चेन्नई रेल्वे स्टेशनमा साथिहरुसँग उत्रेका थिए । उनीसँग आएका साथीहरुको भनाई अनुसार उनमा सामान्य डिप्रेशन जस्तो भएको थियो । संगै आएका साथीहरुको सहयोगमा रेल्वे स्टेशन नजिकैको राजिवगान्धी हस्पिटलमा चेकजाँच गरेर मेडिशन पनि लिएको थियो । रेल्वे स्टेशनको बाहिर बसिरहेको सँगै आएका एकजना साथि कपिल क्षेत्रीले बताउनु भएको छ ।
सामान्य बर्षात पनि परेको समयमा गत उक्त ब्यक्ति लापत्ता भएका छन् । रेल्वे पोलिसलाई रिपोर्ट गरेको गरेको संगै आएका साथि कपिल क्षेत्रीले बताउनु भएको छ । हार्फ शर्ट र निलो सेतो कलरको जिन्स पैंट र जुत्ता लगाएका ब्यक्ति नेपालबाट कपिल क्षेत्री र लगायत हराएको युवाको नातामा भाञ्जा पर्ने देवबहादुरको साथमा आएका थिए । हराएका दिनेश थापा आजसम्म कुनै सम्पर्कमा आएका छैनन् । उनका भाई आशिस थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचरी नगर समितिमा हराएका दाजु खोजि गरिपाउँ भनि मौखिक अनुरोध गरेका छन् । दक्षिण भारत स्थित वा अन्य क्षेत्रमा पनि उक्त ब्यक्तिलाई फेला पार्नु हुने संगठनका नेता कार्यकर्ता शुभचिन्तक साथै सबै सामाजिक संगठन र अभियान्ता र आम नेपाली दाजु-भाई, दिदी-बैनीहरुलाई तलको फोन नम्बरमामा सम्पर्क गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । सम्पर्क नम्बर हराएका ब्यक्तिका भिनाजु नगेन्द्र खड्का : 7358483835 चेन्नई । साथै नजिक पर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।