काका र फुचुंग्री (भाग ३९)

English English Nepali Nepali

#कोटफुर्से

फुचुंग्री :- प्रचण्ड र बाबुरामको बाक्लो भेटघाट के को लागि काका ?

काका :- गुना र बाँदरको जस्तो भेटघाट । एउटै ढेडुका सन्तान, दुवै गैरकम्युनिस्ट । सत्ता र कुर्चीको लागि आफ्नो राजनैतिक अस्तित्व जोगाउनको लागि गरिएको असफल प्रयत्न ।

फुचुंग्री :- नागरिकता विधेयक पारित गर्न लागि परेका गद्दार मान्छे हुन् भन्न खोज्नु भएको हो कि काका ?

काका :- यिनीहरूको कथित जनयुद्ध अरूको इसारा र सहयोगमा सञ्चालन थियो भन्ने कुरा अरुकै मध्यस्ततामा बृहत शान्ति सम्झौताको आवरणमा आत्मसमर्पण गरेकोबाट पुष्टि हुन्छ । एमसीसी पास गरेर छाडे । जबकि सबैभन्दा बढी विरोध यिनीहरूले गरेका थिए । संघीयता घुसाएर छाडे, जबकि २००७ साल २०३६/२०४६/६२-६३ कुनै पनि जनआन्दोलनको माग संघीयता थिएन । नागरिकता विधेयक पनि बाहिर कै निर्देशनमा भित्रिएको कुरा दिनको घाम झै छर्लंग छ, यिनीहरू देशका गद्दार हुन् ।

फुचुंग्री :- देशका गद्दार हुन् भने जनताले भोट दिएर किन जिताउँछन् त काका ?

काकाः– त पनि कति लाटी हो क्या, यिनीहरूलाई देशका जनता मतदाताको चेतना स्तर थाहा छ । रक्सी, मासु, पैंसा, प्रलोभन, डर, त्रास षड्यन्त्रमा भोट पाइन्छ भन्ने राम्ररी बुझेका छन् । दलाल पुँजीपति वर्गले ठूलो आर्थिक सहयोग गर्छन् । विगतमा एनसीएलको करोडौं रुपैयाँ चुनावमा खर्च गरेको विभिन्न समाचारमा आएकै थियो । कम्युनिस्ट समाजवाद सर्वहारा शब्दको आवरणमा जनता झुक्याउन सिपालु छन् ।

फुचुंग्री :– अबको विकल्प के त काका ?

काका :– यो अति महत्वपुर्ण प्रश्न हो, अबको विकल्प के ? साँच्चिकै भन्ने हो भने देश र जनताको हितमा राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा नेकपा (मसाल) लाई जनताले रोज्नु पर्छ । राष्ट्रिय मीडिया भनाउँदा र कथित बुद्धिजीवी कहलिएकाहरुको घैंटोमा घाम लाग्नै पर्छ । जनता सचेत र जागरुक हुनैपर्छ ।

फुचुंग्री :– मिडिया र बुद्धिजीवीको के दोष काका ?

काका :- मीडिया वाला र कथित बुद्धिजीवी भनाउँदा मान्छेहरूलाई थाहा छ । नेकपा (मसाल) मात्रै एक सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी हो भन्ने तर उनीहरूले क्षणिक लाभको लागि आफ्नो दायित्व जिम्मेवारी भुलेका छन् । मुलुक महंगी, भ्रष्टाचार, कालाबजारी, बेरोजगारी, हत्या, हिंसाले जर्जर अवस्थामा छ । राष्ट्रियता गुम्ने खतरा छ । यस्तो संगीन विषम परिस्थितिमा मिडियाको ध्यान कता छ ? कसको बुढी कसले भगायो को नांगै नाच्यो ? यसरी प्रस्तुत भएका छन्, सत्ता र शक्तिको पुजारी बनेका छन्, कथित बुद्धिजीवीको अवस्था त्यही छ, यो दुःखद कुरा हो ।

फुचुंग्री :- मसालले क्रान्ति गरेन, अब हामी गर्छौं भन्नेहरुलाई के भन्न चाहनुहुन्छ र काका ?

काकाः- उनीहरूको छोरीको बिहे हामीले नदेखेको हो र ? क्रान्ति गर्छौं बन्दुक बिनाको पार्टीमा कम्युनिस्ट पार्टी हुनै सक्दैन भने पार्टी छोडेर गएकाको हालत के छ ? तिनको हातमा बन्दुक त के, आलु काटले चक्कु सम्हालेर राख्ने नीति समेत यीनीहरुसँग छैन  । अरूको त के कुरा गर्नु र दाइको रिसले भाउजुलाई के जाति भन्छन् त्यस्तै न हो ।

फुचुंग्री :– मसाललाई गाली गरेर क्रान्तिकारी हुने धोको पूरा हुन होला र काका ?

काकाः– उफ ! के के सोध्छे यो फुचुंग्र पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार