भुवनेश्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समिति अन्तर्गत भुवनेश्वर नगर समितिको आयोजनामा प्रगतिशील हरितालिका तीजि कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमलाई भुवनेश्वर नगर समितिकी सदस्य कौशलिया परियारको अध्यक्षता, नगर सदस्य शशिकला जिसीको सञ्चालनबाट अगाडि बढेको थियो । आतिथिहरुको आसन ग्रहण पछि शहिदहरुको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो । कार्यक्रमको उद्घाटन मूल प्रवाहका क्षेत्रीय सदस्य एवं संस्थापक सदस्य विजय कुमार लामाले मोम बत्ती बालेर गर्नुभएको थियो ।
त्यस्तै केन्द्रीय पारिषद सदस्य समर माझी, नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य रेकम जिसी, केन्द्रीय सदस्य गिरीराज परियारको आतित्थ्यता रहेको थियो ।
मूल प्रवाह नगर सचिब केशब क्ष्ोत्री, कोषाध्यक्ष प्रशुराम थापा, बाल बालिका तथा विद्यार्थीहरुको तर्पmबाट सन्ध्या जिसी र मनिषा परियारले शुभकामना दिनुभएको थियो ।