साइप्रस नेपाली एकता समाजको दोस्रो भेला सम्पन्न

साइप्रस । साइप्रस नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा साइप्रस नेपाली एकता समाजका निवर्तमान अध्यक्ष देवेन थापाको प्रमुख आतिथ्यमा सेप्टेम्बर ११, २०२२ आइतबारका दिन भेला सम्पन्न भएको हो ।

निर्वतमान महासचिव मञ्जु लिम्बुको सञ्चालनमा अघि बढेको भेलाको अध्यक्षता निवर्तमान उपाध्यक्ष कविता गोलेले गर्नुभएको थियो ।

कार्यक्रममा सङ्घीय लिम्बुवान सामाजिक मञ्चका सचिव डगेन्द्र लिम्बु, तमु समाजका सदस्य मञ्जु गुरुङ, पोखरा समाजका सदस्य बुद्ध घर्ती र गैरआवासीय नेपाली सङ्घका राधा पोख्रेल थापाको आतिथ्य रहेको थियो ।

सहिदको सम्मानमा एक मिनेट मौनधारण तथा राष्ट्रियगीत प्रस्तुत गरिएपछि भेलामा स्वागत मन्तव्य गिरा नेपालीले गर्नुभएको थियो ।
भेलालाई नेपाल सद्भावना समाजका संयोजक एवम् समाजसेवी बिना थापा, नेपाली जनसम्पर्क समितिका उपसभापति कर्चुङ लामा र प्रवासी नेपाली मञ्चका अध्यक्ष श्यामलाल नेपालीले शुभकामना दिनुभएको थियो ।

भेलामा प्रमुख अतिथि देवेन थापाले साइप्रस नेपाली एकता समाजको नयाँ केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नुभएको थियो ।

जसअनुसार, अध्यक्षमा खिमान थापा, प्रथम उपाध्यक्षमा कविता गोल, द्वितीय उपाध्यक्षमा युवराज घर्तीमगर, महासचिवमा गिरा नेपाली, प्रथम सचिवमा देवाकी थापामगर, द्वितीय सचिवमा नमराज केसी र कोषाध्यक्षमा बिन्दु खड्का रहनुभएको छ ।

त्यस्तै, पूर्ण सदस्यहरूमा मन्जु लिम्बु, छविका मगर, बासुदेव वली, बिना मानन्धर, प्रतिमा मगर, छेवाङ ज्याम्मु लामा, राधिका मगर, नैना गुरुङ, गोविन्द डाँगी, जिना राई, बुद्धिमान तामाङ, रमेश चन्द, अम्बिका अधिकारी, अर्जुन केसी, निरू गोले र रमेश चन्द रहनुभएको छ ।

एवम् प्रकारले वैकल्पिक सदस्यमा गणेश कुँवर, सम्झना वली, हस्त वली, निशु तामाङ, राधिका रेग्मी, सुनिता नेपाली, गौरी गुरुङ र अर्पणा ठोकर रहनुभएको छ ।

भेलाले रामु कुँवर, खिमबहादुर परियार, देवेन थापा, प्रकाश कुँवर, श्याम खड्का, कुमार श्रेष्ठ, प्रकाश चन्द, जमुना गुरुङ, इन्दिरा अधिकारी र किल्ली सुनुवारलाई सल्लाहकारमा चयन गरेको छ ।

भेलाको अन्तमा नवनिर्वाचित अध्यक्ष खिमान थापाले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार