दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय विद्यार्थी विभागको भेला ११ जिसतम्बरका दिन सम्पन्न भएको छ ।
उषा शर्माको अध्यक्षता र कस्तुरी थापाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाहका महासचिव कुल बहादुर थापा, केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य भगवती कुँवर, केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य चोभनाथ शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, प्रगतिशिल लेखक संघका केन्द्रीय अध्यक्ष समीर सिंहको अतिथी आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण लगत्तै कार्यक्रममा सहभागी सम्पूणर्लाई शब्दद्धारा स्वागत सन्तोष कुमार पहरीले गर्नुभएको थियो ।
भेलाको उदघाटन प्रमुख अतिथि कुल बहादुर थापाले गर्नु भएको थियो । प्रमुख अतिथि थापाले- विद्यार्थी भनेको कुनै पनि देशको भविष्यको लागि कणर्धार भएकोले विद्यार्थीहरु संगठनमा आवद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।
भेलाले उषा शर्माको अध्यक्षमाः २३ सदस्य विभाग चयन गरेको छ उपाध्यक्ष- सन्तोष पहरी, सचिव- कस्तुरी थापा, सहसचिव- प्रदीप भुषाल, कोषाध्यक्ष- प्रमिला कुँवर रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः सन्दिप पौडेल, विमला, विशाल शर्मा, कबिता हमाल, प्रभात पौडेल, सविता हमाल, प्रदिप शर्मा, प्रदिप भुषाल, विशाल सापकोटा, आलोक म्याक मिलन, रोशन शर्मा, अर्जुन केसी, विक्रम विक, विशाल विक, सुनिल केसी, लक्ष्मी केसी, राम देव, अस्मिता र हरिश खड्का चयन हुनुभएको छ ।
मदन शर्मा, जनक राज पौडेल र क्षेत्रीय सहसचिव धर्मराज शर्माले नयाँ निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।