काका र फूचुंग्री (भाग-४१)

#कोटफुर्से

फूचुंग्री :- प्रचण्ड काण्ड भनेको के हो र काका ?

काका :- राजनीतिमा सत्ता महत्वाकांक्षाको लागि जस्तो सुकै सौदाबाजी गर्न तयार हुने अवसरवादी प्रवृत्तिको उपमा र काम प्रचण्ड कान्ड हो । कथित जनयुद्ध सुरु गरेर रोल्पा रुकुमको जंगलमा भारतसँग लडन सुरुङ खन्ने र जनतालाई भ्रम छर्न सिपालु फटाहा प्रवृत्ति नै प्रचण्ड काण्ड हो ।

फूचुंग्री :- सँदिप काण्ड के हो नि फेरि काका ?

काका :– यो त यतिबेला नेपाली पत्रपत्रिका सामाजिक सञ्जालमा भाइरल न्युज हो । सन्दिप लामिछाने नेपाली क्रिकेटर हुन् । उनि माथि सत्र वर्षिय नाबालिकलाई बलात्कारको अभियोग लागेको छ । त्यसैलाई सँदिपकाण्ड भनिएको हो।

फूचुंग्री :– के साच्चिकै त्यो बलात्कार थियो होला र काका ?

काका :- अदालतमा विचारधीन विषयमा बोल्न मिल्दैन तैपनि सामाजिक सञ्जालमा पत्र पत्रिकामा आएका टीका टिप्पणीलाई हेर्दा यति भन्न सकिन्छ कि ति सत्र वर्ष की नाबालिक भनिएकी किशोरी होस्टेल छोडेर सन्दिपसँग दिनभरि घुम्न जानु रात भरी होटलमा बस्न तयार हुनु र बिस दिन पछि बलात्कार भएको थाहा पाउनु कतै षड्यन्त्र भइरहेको त छैन भन्ने शंका पैदा हुन्छ । खासमा त्यो बलात्कार हो कि होइन, समबन्धित निकायले फैसला दिला । बाहिरी रूपमा घटनाको प्रकृति बुझ्दा सहमतिमा भएको जस्तो लाग्छ ।

फूचुंग्री :- यो सँदिपकाण्डले त पुरै विश्वमा नेपाल बदनाम भयो नि काका ?

काका :– सन्दिप एक सेलिब्रेटी हुन्, त्यो हुनाले सबैले थाहाँ पाए । हामीलाई थाहा छ कुनै व्यक्ति सफल हुनलाई तीन कुराबाट जोगिनु पर्छ, (०१) जुवातास, (०२) रक्सी खैनी (०३) सुरा सुन्दरी । सन्दिप यि कुरालाई ख्याल गर्न सकेनन् । जनवादी शिक्षाको अभावले मान्छेहरू बिग्रिन्छन् ।

फूचुंग्री :– पुराना पाका साथीहरु मूल प्रवाहमा फर्किनु भए छ है काका ?

काका :– खुशीको कुरा हो, फुटपरस्त अराजक तत्वहरूको भ्रममा परेर बाटो बिराउँनु भएका पुराना पाका साथीहरु मूल घरमा धमाधम वापस हुनु भएको छ । आत्मालोचना गरेर प्रेश विज्ञप्ती निकालेर सार्वजनिक गर्नु भएको छ । उहाँहरुलाई स्वागत र सम्मान छ । अरु पनि आउँदै हुनुहुन्छ । मसाल र मसालको बिरुद्ध गाली गरेर क्रान्तिकारी भईंदैन भन्ने धेरैले महशुस गरिसक्नु भएको छ ।

फूचुंग्री :– फुटपरस्त अराजक तत्वहरूको लडाई मसालसँग हो कि विद्यमान राज्यव्यवस्थासँग हो र काका ?

काका :– उफ ! के के सोध्छे यो फूचुंग्री पनि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार