आन्ध्रा प्रदेशको नेल्लोरमा तीज मनाईयो

#मिलन खत्री

नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्धारा सञ्चालित नेल्लोर नगर समिति अन्तर्गत रहेको महिला बिभागको आयोजनामा तीजि कार्यक्रम भब्य र शानदार रुपमा सम्पन्न भएको छ ।

ढिलोगरि प्राप्त जानकारी अनुसार महिला नगर बिभाग कि अध्यक्ष भुमादेवि केसीको अध्यक्षता र केन्द्रीय समितिका सल्लाहकार ठाकुर प्रसाद केसीको विशेषस उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर समितिका सल्लाहकार रुकमान खड्का, महिला नगर विभागकी ललिता बिकको पनि आतित्थ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कल्पना खत्रीले गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण सकिए लगत्तै कार्यक्रम सहभागिहरुलाई गोरबहादुर केसीले शब्दद्धारा र रक्तिमका कलाकारहरुले सांगितिक कोशेलीद्धारा स्वागत गर्नुभएको थियो ।

यसै गरि तीजि कार्यक्रमलाई ठाकुर प्रसाद केसी, ललिता बिक, भुमा देवि केसी, लक्ष्मण सुनार, मेख बहादुर खत्री ले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

परिवारका कलाकारहरुले भव्य जनवादी प्रगतिशील तिजि कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गित तथा नृत्य प्रस्तुत गरि नेल्लोरस्थित नेपाली चेलीहरुलाई तीजको अवसरमा मनोरञ्जनात्मक प्रगतिशिल सन्देश प्रवाह गर्दै कलाकारहरुले महिलाहरु पनि संगठित हुनलाई आव्हान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार