सउदी अरब नेपाली एकता समाजको बैठक सम्पन्न

  • महासचिवको जिम्मेवारी हरिप्रसाद शर्मालाई र उपाध्यक्षमा रमेश बुढामगर
  • रियाद। सउदी अरब नेपाली एकता समाजको महासचिवमा प्युठान घर भएका हरिप्रसाद शर्मा चयन हुनुभएको छ । सेप्टेम्बर ३०, २०२२ शुक्रबारका दिन सम्पन्न केन्द्रीय समितिको बैठकले उहाँलाई महासचिवमा चयन गरेको हो ।

    अध्यक्ष राजकुमार धितालले दिनुभएको जानकारीअनुसार पूर्व महासचिव जेबी फौजा अनुशासनविहीन गतिविधिमा संलग्न रहेकाले उहाँलाई निष्काशित गरिएपछि रिक्त भएको उक्त पदमा उपाध्यक्ष शर्मालाई चयन गरिएको हो ।

    बैठकले हरिप्रसाद शर्मालाई महासचिवमा नियुक्त गरिपछिको रिक्त उपाध्यक्षमा बागलुङ घर भएका रमेश बुढामगरलाई नियुक्त गरिएको छ ।

    त्यस्तै, केन्द्रीय समितिको सदस्यमा बागलुङका जीत राना, प्युठानका गिरिराज भण्डारी, नवलपरासीका केशव गैरे, बागलुङका जेमबहादुर सिर्पाली र प्युठानका चेतमान पुनमगरलाई नियुक्त गरिएको छ ।

    बैठकले आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई सघाउने निणर्य भएको अध्यक्ष धितालले जानकारी गराउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार