काका र फुचुंग्री (भाग-४२)

#कोटफुर्से

फुचुंग्रीः- काका ! मलाई दशैँको शुभकामना दिनु हुन्न र ?

काका :- हो । तिम्रो घरमा पाहुना आएका होलान्, बोल्न मिलेन, मिठा कुरा गर्ने फुर्सद मिलेन । काम काम काम छिटो छिटो छिटो हप्ता दिन घण्टा मिनेट सेकेन्ड.. भन्दाभन्दै बर्ष बितेको पत्तै भएनछ । कति चाडै दशैँ आएर पनि गइसकेछ । घर जाने प्रदेशीको घुईचो देखेर पो बल्ल आखा खुल्यो । तिमीसँग कहि कतै तितो पीरो रूखो पो बोलियो कि भन्ने खुल्दुलीले सतायो । कहि कतै गल्ती भाको छ भने माफ गरिदिनु । म यस्तै छु, सधैं सम्झी रहेको छु । सम्झीरहने छु । किन कि तिम्रो लागि म सधै सम्मान र आदर गर्ने विशाल मनको मान्छे हुँ । बर्षभरि देखाउन सकेन हुँला तिम्रो मन जित्न सकेन हुँला । त्यो त मेरो कमजोरी पक्ष हो अन्यथा नलिनु । धार्मिक आस्था र मान्यतामा दशैँको के महत्व छ मलाई थाहा छैन । तर मैले तिमीलाई सम्झीन पाए त्यो अर्थमा म दशैँमा खुशि छु । तिमी र तिम्रो परिवारमा दशैँको खुशी भित्र बाहिर माथि कौशी, बार्दलिन, छत, आगन बाटोसम्म छाओस् यहि शुभकामना छ।

फुचुंग्री :- धन्यवाद काका ! दशैँको टिको हिन्दूहरूको हो कि नेपालीहरुको मात्रै हो र ?

काका :- छिमेकी देश भारतमा भएका हिन्दूहरूले दशैँमा दही चामल मुछेर जमरा राखेर टिको लगाएको देखिँदैन । नेपालमा पनि कहीं सेतो टिको मात्रै लगाउँछन् कहीँ रातो टिको लगाएको पाइन्छ । यो हिन्दूहरूको भन्दा पनि नेपाली हिन्दूहरूको मौलिक परम्परा हो भन्न सकिन्छ ।

फुचुंग्री :- कम्युनिस्टहरुले पनि दशैँ मनाउँछन् र काका ?

काका :- त पनि कति लाटी हो क्या ! कम्युनिस्ट व्यक्ति मान्छे पनि यही समाजमा हुर्के बढेका कारण यो समाज भन्दा बाहिर जान मिल्दैन । खुशीमा सामेल हुनैपर्छ । कुरो यत्ति हो की कम्युनिस्टहरुले कुरिती, कुसँस्कार, अन्धविश्वास गलत हो भन्ने मान्यता राख्छन् । टिको लगाएर मिलेको आशीर्वाद पूरा हुन्छ भन्नेमा विश्वास गर्दैनन् । कुनै पनि धर्म आमूल परिवर्तनको लागि क्रान्तिको लागि बाधक हो । अन्धविश्वास रुढीवादी सोँचको जगमा टिकेको धर्म अफिम हो भन्ने बुझेका हुन्छन् ।

फुचुंग्री :- कथित क्रान्तिकारी भनाउँदा फुटपरस्त तत्वहरूले चुनाव बहिस्कार गर्ने रे, कतै दशैं पनि बहिस्कार भन्ने हुन् कि भन्ने लागेको थियो, त्यो त गरेनन् काका !

काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार