
नयाँ दिल्ली । देशमा रोजगारको अभावमा प्रवासिन वाध्य नेपालीहरुलाई संगठित गर्दै र उनीहरुको हकहितमा निरन्तर संघर्षरत संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यो वर्ष पनि भारत व्यापी देउसी भैलो कार्यक्रम सम्पन्न पारेको छ । मूल प्रवाहले प्रत्येक वर्ष तिहारको उपलक्ष्यमा प्रदेशी नेपाली हरुको बिचमा आफ्नो देशको परम्परा, कला, संस्कृती झल्काउने देउसीभैलो मार्फत शुभकामना दिने गर्दछ । मूल प्रवाहले प्रदेश नेपालीहरूका दुखकष्टका कथा व्यथालाई समेटेर प्रगतीशिल गित संगित बजाउँदै संरचना विरुद्ध सचेत समर्पित र संगठित गर्दै समाजलाई अग्रगमनको बाटोमा डोर्याउने प्रयास गर्दै आइरहेको छ ।
आर्थिक रुपमा संगठनलाई सामान्य रुपमा सहयोग पुगेता पनि संगठनको प्रचार प्रसारमा भैलोले महत्वपूणर् भूमिका रहेको छ । यसै बीच यो वर्ष पश्चिमोत्तर, मध्य पश्चिमोत्तर, सुदुर पश्चिमोत्तर, उत्तर भारत, मध्य भारत, पश्चिम भारत, मध्य दक्षिण भारत, दक्षिण भारत क्षेत्रका अधिकांश नगरहरुमा देउसी भैलो सम्पन्न पारिएको छ । आफ्नो गरिमामय गतिविधिलाई निरन्तरता दिंदै २३ अक्टोबर २०२२ का दिन नयाँ दिल्ली स्थित नेपाली दूतावासबाट भैलो शुरु गरिएको थियो ।
चेन्नई,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रगतिशील भैलो उद्घाटन भएको छ ।
दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गत चेन्नई पूर्व, चेन्नई पश्चिम, चेन्नई उत्तर र चेन्नई दक्षिण नगर समितिको संयुक्त आयोजनामा अक्टोबर २३, २०२२ आइतबारका दिन अम्बातुरस्थित तेगाराजा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
भैलोको उद्घाटन मूल प्रवाहका महासचिव कुलबहादुर थापाले उदघाटन गर्नुभएको थियो । सो अवसरमा सम्बोधन गर्दै महासचिव थापाले सांस्कृतिक रूपान्तरणको रूपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशील भैलो कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य काशीराम शर्मा, एकता समाजका नेताहरू लक्षुमन चालिसे, बुद्विराम पौडेल, जीवन शर्मा, गोपाल विक, देविराम केसी, नेत्रलाल शर्मा, सूर्यप्रसाद भुसाल, समता विभागबाट दयाराम विक, जनजाति विभागबाट टीका थापा, रेशम थापा र महिला विभागका रिता भुसाल र नेपाली जनसम्पर्क समितिका गंगाराम आचार्यले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।
चेन्नई पश्चिम नगर समितिका उपाध्यक्ष शशि थापाको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन चेन्नई उत्तर नगर समितिका उपाध्यक्ष तेजेन्द्र पुनले गर्नुभएको थियो ।
बेंगलोर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण संयुक्त नगर समितिको देउसी भैलो कार्यक्रम उत्तर नगर समितिका अध्यक्ष धर्म पहरीको अध्यक्षता तथा दक्षिण नगर समितिका अध्यक्ष नरेश कुमार विकेको सञ्चालनमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, अन्य अतिथिहरुमा मूल प्रवाह केन्द्रीय सदस्य बालकृष्ण गायक, मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष अध्यक्ष दशरथ बिक, सदस्य मान बहादुर बिके, सदस्य पार्वती बिके, सल्लाहकार सदस्य ओम बहादुर दाहाल, सल्लाहकार सदस्य परमानन्द खडायत, अखिल अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष सन्तोष कुमार पहरी, अखिल भारत नेपाली एकता मन्चका केन्द्रीय सचिवालय सदस्य जयलाल बिके, सुदुर पश्चिम जनउत्थान बेंगलोरका सचिव वीरेन्द्र महरा, नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय महा सचिव माधव राज खडायत, वरिष्ट महिला सदस्य कलावती बिके लगायतको आतिथ्यता रहेको थियो ।
ज्ञात अज्ञात शहितहरुको सम्मानमा एक मिनट मौनधारण पछि हालमा उपस्थित जनमानसलाई शब्दद्वारा स्वागत दक्षिण नगर समितिका सहसचिव दान बहादुर पहरी र गीतद्वारा साँस्कृतिक कलाकारहरुले गर्नु भएको थियो ।
प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलले दीप प्रज्वलन गरी उद्धघाटन गर्नुभएको थियो र तिहार देउसी भैलोको बारेमा र मूल प्रवाह बारेमा स्पष्ट गर्नुभएको थियो । अन्य अतिथिहरुले पनि आ-आफ्नो तर्फबाट शुभकामाना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
चंडिगढ
मूल प्रवाह चंडिगढ नगर समितिले यसवर्ष तिन वटा टिमहरू बनाई चार दिनसम्म जनताको घर दैलो गेट गल्लीहरूमा पुगेर प्रगतिशिल देउसीभैलो खेल्ने योजनाका साथ तिनवटै टिमको अलग अलग स्थानहरूबाट हिजो सोमबार उद्धघाटन गरिएको छ ।
‘ए’ टिम पंचकुला –
मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौड्यालले उद्धघाटन गर्नु भएको कार्यक्रम पुरन थापाको अध्यक्षतामा तथा प्रेम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत जमुना खनालले गर्नु भएको थियो । महिला नगर संयोजक माया आचार्यले शुभकामना दिनु भएको थियो ।
‘बि’ टिम मोहाली, मध्यसिटी र ईन्डस्ट्रियल एरिया
मूल प्रवाह चंडिगढको ‘बि’ टिमको देउसीभैलो उद्घाटन मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडकाले गर्नु भएको थियो । वहाँले प्रगतिशिल देउसी भैलोको प्रवासमा महत्वबारे प्रकास पार्नु भएको थियो । मूल प्रवाह केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालीसेले रुट तथा अनुशासन बारे प्रकास पारिएको सो समारोहमा महिला नेतृ जुना चालीसे र रक्तीम विभागकी सरस्वता भुसालले शुभकामना दिनु भएको हो।
कार्यक्रम थानेश्वर पाण्डेको अध्यक्षतामा तथा तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत बलुराम बञ्जाडेले गर्नु भएको थियो ।
‘सी’ टिम सिटि एरिया
टिम ‘सी’ को उद्घाटन मूल प्रवाह नगर समितिका वरिष्ठ सदस्य थमन थापाले गर्नुभएको थियो । वहाँले प्रगतिशिल देउसी भैलोको प्रवासमा महत्वबारे प्रकास पार्नु भएको थियो। विद्यार्थी संघ क्षेत्रीय अध्यक्ष तथा एडवोकेट माधव पोख्रेल, नगर सदस्य प्रितम खडका, महिला विभाग मधु सुवेदी, माया नेपाली समताबाट दिनेश बिक, जनजातिबाट हेम बहादुर कनौजिया, रक्तिमबाट सम्झना बिक, वाल विभागका सन्दिप विकले शुभकामना दिनु भएको हो ।
कार्यक्रम दुर्गा बिकको अध्यक्षतामा तथा अर्जुन बिकको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत दान बहादुर जीसीले गर्नु भएको थियो।
जालन्धर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा २०७९ सालको प्रगतिशिल जनवादी भैलो सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य कुल बहादुर बगालेले करतार ध्वनीमा रिबन काटेर उद्घाटन गर्नु भएको थियो । वहाँले उद्धघाटन भाषणमा परम्परागत पर्वहरु तथा संस्कृतीलाई प्रगतिशिल रुपान्तरण गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय परिषद सदस्य शुष्मा खड्का र भाइचारा संगठनका चेतमान भण्डारीको पनि आतिथ्यता रहेको थियो।
कार्यक्रम लक्ष्मण खड्काको सञ्चालनमा तथा जितमान थापाको अध्यक्षतामासम्पन्न भएको हो भने स्वागत धन बहादुर गोर्खालीले गर्नु भएको थियो ।
कोट्टयाम,
कोट्टयाम केरला मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले २०७९ सालको जनवादी प्रगतिसिल भैलो कार्यक्रम सम्पन्न भएको छ ।
मनोज जिसीको सञ्चालन र प्रेम प्रसाद शर्माको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सहसचिब तथा नगर अध्यक्ष धर्माराज शर्मा, क्षेत्रीय सदस्य भद्र बहादुर थापा, क्षेत्रीय महिला बिभागका बालीका देबि शर्मा, नगर समितिका हरि प्रसाद पौडेल अखिल भारत नेपाली बिद्यार्थि संघ दक्षिण भारत क्षेत्रीय अध्यक्ष तथा नगर सचिव उषा शर्माको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मौन धारण पश्चात उपस्थित जनसमुदायहरुलाई रक्तिमका कलाकारहरुले गितबाट र खुमा देबि शर्माले शब्दबाट स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि चोबनाथ शर्माले क्यान्डिल प्रजोलन गरि कार्यक्रमको उद्घाटन पछि उद्घाटन मन्तब्यमा भैलो तिहारको बारेमा प्रस्टाउनु भएको थियो । मन्तब्यको बिच बिचमा रक्तिम कलाकारहरुले जनवादी प्रगतिशिल गित र नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक पारेको थियो ।
कृष्ण प्रसाद शर्माले कार्यक्रम भब्य सफलताको शुःभकामना मन्तब्य राख्नु भएको थियो ।
हिसार
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको हिसारमा वर्ष २०७९ को प्रगतिशिल देउसीभैलो सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले मोमबत्ती बालेर उद्धघाटन गर्नुभएको सो प्रगतिशिल देउसीभैलोको कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशिल देउसीभैलो कार्यक्रमको महत्वबारे चर्चा गर्दै शुभकामना दिने वक्ताहरुमा महिला क्षेत्रीय सदस्य चन्द्रा सोमरे, मूल प्रवाह इन्ड्रष्ट्रीयल एरियाबाट कमला बगाले, सिटि एरियाबाट बिरसिंह पाण्डे, सिटि एरिया ‘बि’ बाट प्रेम सुर्यवंशी मगर, महिला नगर संयोजक सीता पोख्रेल, समता बिभागका श्याम बहादुर बिक, जनजाति बिभागका मन बहादुर घर्ती मगर, मलेसिया नेपाली एकता समाजका भूपु अध्यक्ष थमन केसी, अखिल नेपाल महिला संघ सदस्य कमला केसी, बिद्यार्थी संघबाट रक्षा सोमरे, रक्तिमबाट दिपा लम्तरी लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम नगर अध्यक्ष बाबुराम पोख्रेलको अध्यक्षतामा तथा नारायण विकको सञ्चालनमा अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई कृष्ण पौडेलले स्वागत गर्नु भएको थियो ।














