
कोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोहिमा नगर समितिका सदस्य अर्जुन कुमार तामाङको डिसेम्बर ९, २०२५ मा दुखद निधन भएको छएको छ ।
नेपालको मेची नपा वार्ड नं. ६ निवासी रहेका अर्जुनकुमार तामाङको लामो समय बिमारी भई निधन भएको थियो । तामाङको डिसेम्बर १०, २०२५ का दिन कोहिमामा दाहासंस्कार गरिएको छ ।
यसैबिच नगर समितिका अध्यक्ष भिम श्रेष्ठले शोक वक्तव्य जारी गरी शोक समवेदना व्यक्त गर्नुभएको छ । श्रेष्ठले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।














