मूल प्रवाहद्वारा गोवा घटनामा ज्यान गुमाउनेहरूलाई यथाशीघ्र क्षतिपूर्तिको माग

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गोवाको अर्पोरा एरियामा रहेको एक नाइट क्लवमा भएको आगलागीको घटनामा परी ज्यान गुमाउनेहरूलाई यथाशिघ्र क्षतिपूर्तिको माग गरेको छ । साथै मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । डिसेम्बर ९, २०२५ का दिन समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले एक वक्तव्य जारी केन्द्र तथा राज्य सरकार समक्ष सो माग सार्नुभएको हो ।

वक्तव्यमार्फत मूल प्रवाहले भीडभाड हुने नाइट करब र रेस्टुरेन्टहरूमा ग्यास सिलिन्डरको भण्डारण र सुरक्षा मापदण्डका विषयमा तत्काल छानबिन गर्न र भविष्यमा पनि सतर्कता अपनाउन गोवा सरकार समक्ष जोडदार माग गरेको छ । साथै, पीडित परिवारले पाउनुपर्ने अतिपूर्ति बिना झन्झट अविलम्ब उपलब्ध गराउन समेत मूल प्रवाहले भारत सरकारसँग माग गरेको छ ।

युगदर्शनलाई प्राप्त जानकारी अनुसार मृत्यु हुने नेपाली नागरिकहरूमा चुर्न बहादुर पुन घोराही–३ दाङ (शब मिति ८ डिसेम्बरमा घर पुगिसकेको), मान बहादुर जोधा बागेश्वरी १, डडेलधुरा, लिला बहादुर कटवाल लादभिर–२, सिन्धुली, सुदिप गुरुङ झापा, सविन वि.क. झापा रहेका थिए ।

चुर्न बहादुर बाहेकका मृतकहरूको पार्थिव शरीरलाई आफन्त समक्ष पुर्याउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको नेपाली दूतावास, नयाँ दिल्लीका प्रथम सेक्रेटरी दिपक घिमिरेले जानकारी दिनुभयो ।

उक्त घटनामा परेका प्रत्येक जनालाई प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई रु. २ लाख र घाइतेलाई रु. ५० हजार तथा गोवा राज्य सरकारने मृतकका परिवारलाई रु. ५ लाख र घाइतेलाई रु. ५० हजार मार्थिक सहयोग दिने घोषणा गरेको छ ।

गत डिसेम्बर ६, २०२५ का दिन एक नाइट क्लवमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी हुँदा २५ जना कर्मचारीहरूको मृत्यु र ६ जना गम्भीर घाइते भएका थिए ।

वक्तव्यमा लेखिएको छ :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार