जनक विसी
कोचिन, ३१ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गत २३ अक्टुबरदेखि कैयन नगरहरुबाट शुरु गरेको २०७९ तिहारको उपलक्ष्यमा खेलिरहेको देउसीभैलो कोचिन नगर समितिले पनि सम्पन्न गरेको छ ।
मूल प्रवाह नगर समितिका रिखेन्द्र बिसिले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै वर्तमान व्यवस्थामा पनि परम्परागत पर्वहरुलाई प्रगतिशिल रुपान्तरणको लागि निरन्तर प्रयास गरिरहनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । वहाँले मङ्सिर ४ गते हुने चुनावमा पनि गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षाको लागि आफ्नो मत प्रयोग गर्न सबै प्रदेशस्थित नेपालीहरु स्वदेश जान आग्रह गर्नुभयो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय पार्षद तथा दक्षिण भारत महिला बिभाग सदस्य जानकि बिसी, जनजाति क्षेत्रीय विभागका आसाराम घर्तीमगर र मूल प्रवाह नगर सदस्य गोविन्द रिजालले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम जुगराज राहुँ मगरको अध्यक्षतामा तथा जनक बिसिको सञ्चालनमा सम्पन्न भएको थियो । शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण पछि गणेश शर्मा पौडेल र रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो ।