लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति

ब्रासिलिया । लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक चुनिएका छन्। निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता सिल्भा पुनः राष्ट्रपति बनेका हुन्।

सिएनएनका अनुसार यसपटक सिल्भा र बोल्सोनारोबिच कडा प्रतिस्पर्धा भएको थियो। सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबिच ३० अक्टोबर ३०, २०२२ आइतबार पुनः चुनाव भएको थियो।

नवनिर्वाचित राष्ट्रपति सिल्भाले भोलि नोभेम्बर १ मा सपथ लिने छन् । विजयपछि उनले विभाजित देशलाई एकीकरण गर्ने बाचा गरेका छन् ।

लुलाले अमेजन जङ्गलको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग पनि मागेका छन् । उनले अब ब्राजिललाई कच्चा पदार्थको निर्यातकर्ता मात्र बन्नका लागि व्यापार सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

वामपन्थी नेता लुला तीन वर्षअघि सम्म भ्रष्टाचार मुद्दामा जेल सजाय भोग्दै आएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार