पश्चिम भारतमा क्षेत्र व्यापी रुपमा देउसी-भैलो भव्यरुपमा सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले वर्ष २०७९ को देउसी भैलो भव्य रुपमा सम्पन्न पारिएको छ । क्षेत्रीय समितिले देउसी भैलो दुई टिम बनाई क्षेत्रव्यापी रुपमा सम्पन्न पारेको थियो । २४ अक्टुबरदेखि २७ अक्टुबर २०२२ सम्म देउसी भैलो खेलिएको थियो भने, ३० अक्टुबरका दिन समापन गरिएको थियो ।

टिम ‘वि’ को नेतृत्व क्षेत्रीय समितिका अध्यक्ष वेद बहाुदर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा विशेष उपस्थिति केन्द्रीय अध्यक्ष ठाकुर खनालको रहेको थियो । कलाकार टिममा विना काउछा, हरिकाउछा, अस्मिता काउछा, विनीता जोशी, ममता लिम्बु, दूतकला ठकुल्ला र देवहरी काउछा रहनुभएको थियो । उक्त टोलीले जामनगर, राजकोट, अहेमदावाद, नाडियाड, सचिन, सुरत, कडोदरा, खाडोली, सिल्वासा, सुरंगी, मधुवन लगायतका स्थानमा देउसी भैलो सम्पन्न पारेको थियो ।

टिम ‘ए’ को नेतृत्व क्षेत्रीय समितिका उपाध्यक्ष कृष्ण कुँवरले गर्नुभएको थियो । कार्यक्रममा विशेष उपस्थिति केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको रहेको थियो । कलाकार टिममा निखिल रावत, विष्णुमायाँ शर्मा, दिपक विक, शंकर विक, राजन विक, खेमराज विक, प्रतिमा परियार, पुनम परियार, सिता आहुजी, भरत आहुजी, श्रीधर शर्मा, प्रेम चलाउने, बाबुराम दहित, देवराज जोशी र गन बहादुर थापा रहनुभएको थियो । उक्त टोलीले दमन, वापी पश्चिम, वापी जिआई डिसी, सिल्वासा, सरिगाम लगायतका देउसी भैलो सम्पन्न पारेको थियो ।

३० अक्टुबर २०२२ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता पस्चिम भारत क्षेत्रीय समितिको आयोजनामा प्रगतिशील देउसी-भैलो समापन गरिएको छ । समापन कार्यक्रमको अध्यक्षता पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव धुर्वराज न्यौंपानेले गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष ठाकुर खनालको प्रमुख अतित्थ्यता रहेको थियो । केन्द्रीय समितिका सदस्य गोविन्द थापा, केन्द्रीय समिति वैकल्पिक सदस्य कृष्ण कुँवर, श्रीधर शर्मा, केन्द्रीय महिला बिभाग कि सदस्य बिना काउछा, केन्द्रीय संस्कृति बिभाग सदस्य हरि काउछा, केन्द्रीय परिषद् सदस्य बिन वहादुर रेग्मी, बावुराम दहित, निखील रावत, क्षेत्रीय महिला बिभाग कि सदस्य बिष्णुमाया शर्मा, सचिन नगर समितिका अध्यक्ष सबिना कुँवर लगायतले आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा पश्चिम भारत क्षेत्रीय समितिका सहसचिव हरी गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रगतिशील देउसी-भैलो टिम ‘ए’ बाट निखील रावतले र टिम ‘बि’ बाट विना काउछाले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि ठाकुर खनालले कलाकार भाई बहिनीहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार