चेन्नई, 7 नोवेम्बर 2022, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको 44औ स्थापाना दिवश भारत व्यापी कार्यक्रमहरू सम्पन्न भएकाछन् । त्यसै क्रममा दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व र चेन्नई पश्चिममा छुट्टा छुट्टै कार्यक्रम सम्पन्न भएकाछन् ।
चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेलको अध्यक्षता तथा क्षेत्रीय बैकल्पिक सदस्य तथा चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्माको संचालनमा अघि बढेको उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशमान नेपाली हुनुहुन्थ्यो। ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात प्रकाश नेपालीले स्वागत गर्नु भएको थियो।
7 नोवेम्ब्र 1979 मा भारतको बनारसमा स्थापना गरिएको एकता समाज आज 44औं बसन्त पार गर्ने क्रममा अनेकौं किसिमका उतार चढाव, अवसरवादीहरूका जालझेल एवं फुटपरस्त गतिबिधिको सामना गर्दै आएको छ । त्यसका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वावजुद सबै प्रकारका महत्वकांक्षी, अवसरवादी, फुटप्रस्त गतिविधीलाई परास्त गर्दै निर्धक्कसँग भारतब्यापी रुपमा एकता प्रेमी नेपालीहरुलाई गोलबन्द गर्दै नेपालीहरूको हक हितको लागि काम गर्ने क्रममा नेपालीहरुको अभिवाकिय संगठनको रूपमा स्थापित भएको र आफु त्यसको सदस्य भएकोमा गौरवान्वित भएको बताउनु भयो।
कार्यक्रममा जितेन्द्र नेपाली, देवी नेपाली, महिला बिभाग चेन्नई पश्चिमकी चन्द्रीका पौडेल, कमला शर्मा, कमला नेपाली, कुशल नेपाली, हिरा नेपाली, निरु नेपाली, कल्पना नेपाली र पदममाया नेपालीले स्थापना दिवशको बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।
चेन्नै पुर्व
चेेन्नै पुर्व नगर समितिमा बाबुराम सापकोटाको अध्यक्षता र टिका थापाको संचालनमा अघिबढेको उक्त कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात उपस्थित जनमानसलाई लोक प्रसाद पराजुलीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दक्षिण भारत क्षेत्रीय सदस्य सुर्य प्रसाद भुसालले मुल प्रवाहको स्थापना दिवशको अवसरमा सामाजिक परिवर्तनको लागि एकता समाजले अतुल्य योगदान दिएको र त्यसका पछाडी सैद्धातिन्क रूपमा सचेत र समाज प्रति समर्पित भएका कार्यकर्ताहरूको अथक परिश्रमले नै सम्भव भएको र अहिले त्यो जिम्मेवारी हामीले वहन गर्नु पर्ने समय आएको बताउनु भयो । कार्यक्रममा महिला विभागको तर्फबाट कोपिला वि.क.ले पनि मन्तव्य राख्नु भएको थियो ।