जनक बि.सी.
कोचिन, 7 नोवेम्बर 2022 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा मूल प्रवाहको 44 औं स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ।
मूल प्रवाहको स्थापना दिवशको महत्वबारे चर्चा गर्दै बोल्ने वक्ता नगरका वरिष्ठ सदस्य रिखेन्द्र बिसिले मूल प्रवाहको स्थापनाको लागि पृष्ठभुमि निर्माण बामपंथी आन्दोलनका शिर्ष नेताहरु मोहन विक्रम सिंह, चित्रबहादुर केसी र निर्मल लामा लगायतको महत्वपूर्ण भुमिका रहेको थियो । यसको विकास र प्रगतिमा अनेकौ नेता कार्यकर्ताहरूले गरेको अथक मिहिनेत र प्रयास सामिल छ, कामको दौरानमा शहिद सरोज शर्मा र जलजलाको बलिदान पनि सामेल छ ।
संगठन बिकास र बिस्तारमा अनेकौ बाधा अडचनहरू पनि आए समय-समयमा अवसरवादीहरूका कारणले संगठनले विभाजनको पनि सामाना गर्न गर्दै आउन पर्यो त्यही संघर्षको परिणाम पाँचौं अखिल भारत नेपाली सम्मेलनबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा रूपान्तरण भई प्रवासी नेपालीहरूको हकहित र नेपालको क्रान्तिकारी आन्दोलनलाई टेवा पुÚयाउदै आएको सर्वविदीतै छ । अहिले अराजक फुटप्रस्त तत्वहरूले हाम्रो संगठनको नाम, लोगो र रजिस्टेसन नम्बर समेत दुरूपयोग गरि भ्रम दिने प्रयास गरे त्यो असफल भए पछि स्थापना कालको नामले भ्रम श्रृजना गर्ने प्रयास गरि रहेकाछन् त्यस प्रकारका अराजक, अवससरवादी फुटप्रस्त तत्वबाट सचेत हुदै सबै किसीमका भ्रमहरु विरुद्ध शशक्त प्रतिकार गर्दै संगठन झनझन मजबूत हुदै गई रहेको छ र अगाडी पनि त्यसले निरंतरता पाउने छ भन्नु भयो ।
कार्यक्रमलाई नगर सदस्य प्रेमी बिर बहादुर रैकाले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रम नगर अध्यक्ष जुगँराज राँहु मगरको अध्यक्षता तथा जनक बिसिको संचालनमा सम्पन्न भएको थियो ।