अन्धविश्वासले दुई जनाको मृत्यु, सयभन्दा बढी घाइते

मदुरैमा । तमिलनाडुको मदुरैको पलामेडु र तिरुचिरापल्ली जिल्लाको सुरियुर गाउँमा सोमबार आयोजित प्रसिद्ध जल्लीकट्टु महोत्सवमा दुई जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । बिहान आठ बजेबाट सुरु भएको कार्यक्रम साँझ पाँच बजेसम्म चलेको थियो ।

पालामेदुमा गोरुको सिङ लागेर एक जनाको मृत्यु भएको हो भने सुर्यूरमा पनि सिङ लागेर एक जनाले ज्यान गुमाएका हुन् । मदुरैमा ज्यान गुमाएका व्यक्तिको पहिचान अरविन्द राज (२६) को रूपमा गरिएको छ । पेटको तल्लो भागमा गम्भीर चोट लागेका अरविन्दलाई मदुरैको सरकारी राजाजी अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो । घटनामा ४० भन्दा बढी ‘मृत्यु’ व्यक्ति घाइते भएका छन् र तीमध्ये केहीलाई उपचारका लागि पठाइएको छ ।

हरेक वर्ष पोंगल (माघे संक्रान्ति)को अवसरमा तामिलनाडु राज्यका विभिन्न स्थानमा जल्लीकट्टु (साँढे दौडाउने) प्रतियोगिता आयोजना गरिन्छ । यो पर्वमा जल्लीकट्टुलाई चलन भन्दा पनि माथि रहेको स्थानीयको बुझाई छ । जसमा साँढे बिना दाम्लो दौडिन्छन्, जसलाई मानिसहरूले रोक्ने प्रयास गर्छन्, जसले साँढेलाई दाम्लोले कस्छ त्यो व्यक्ति विजयी हुने बताइन्छ ।

साँढेको आफ्नो ढाड वा जुरमा झुण्डिँदा एक निश्चित दूरीको यात्रा गर्ने अपेक्षा गरिन्छ, यस क्रममा धेरै व्यक्तिहरू नराम्ररी घाइते हुन्छन्, कतिपयको मृत्युसमेत हुन्छ । यो लडाईमा जित्ने व्यक्ति निकै साहसी र हरेक संकट विरुद्ध लडाकु हुने विश्वास गरिन्छ, जित्ने व्यक्तिलाई वीरको उपाधि दिइन्छ ।

वास्तवमा यो पर्वको सन्दर्भमा गत वर्ष सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो, जसमा पर्वअघि गोरुलाई रक्सी खुवाइन्छ भन्ने देखाइएको थियो । गोरुहरूलाई पिटिन्छ, जसका कारण दौड सुरु भएपछि रिसाएर दौडिन्छन् । उक्त गोरुले कैयौं मानिसहरुको ज्यान समेत लिने गरेकोले यो संस्कारलाई कतिपय संघ संस्था एवं व्यक्तिहरुले कु शंस्कार बताउँदै प्रतिवन्ध लगाउन भारतको उच्च न्यायलयमा समेत मुद्धा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार