जि२० को बैठकमा नेपालको राष्ट्र ध्वज उल्टा, मूल प्रवाहको आपत्ती पछि सच्चाइयो

खिमराज चालिसे,

चण्डीगढ । जी २० बैठकको सन्दर्भमा चंडिगढ ट्रिबुन चौकमा हिजो रातीसम्म नेपाल लगायत विभिन्न देशहरुको झण्डा लगाइएको छ । तर, नेपालको झण्डा भने उल्टो लगाइएको थियो । नेपालको झण्डा उल्टो लगाएर नेपाल र नेपालीको गौरव र स्वाभिमान माथि नै अपमान गरिएको बताउँदै दुबै देशका सरकारहरुको ध्यानाकर्षण गराउँदै भारतस्थित श्रमजिवीहरुको सामाजिक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमा विरोध प्रकट गरेको थियो । संगठनको सो धारणा पछि उक्त उल्टो लगाइएको नेपालको झण्डा सुल्टो पारिएको छ ।

यसरी सामाजिक रुपमा मात्र नभई भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाल र नेपाली राष्ट्रियताको रक्षाको सवालमा समेत महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको छ ।

१८औं जि२० राष्ट्रहरू र सरकार प्रमुखहरूको शिखर सम्मेलन ९-१० सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा हुनेछ । शिखर सम्मेलन सबै जि२० प्रक्रियाहरू र मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र नागरिक समाजहरू बीच वर्षभरि आयोजित बैठकहरूको परिणति हुनेछ । नयाँ दिल्ली शिखर सम्मेलनको समापनमा जि२० नेताहरूको घोषणा-पत्र स्वीकार गरिनेछ, सम्बन्धित मन्त्री र कार्य समूह बैठकहरूमा छलफल र सहमति भएका प्राथमिकताहरूप्रति नेताहरूको प्रतिबद्धता जनाउने छन् । उक्त सम्मेलन पूर्व जि२०का देशहरुको प्रतिनिधित्वमा बैठक सम्पन्न हुँदैछ । सो बैठकको पूर्वसन्ध्यामा झण्डा लगाइएको अनुमान गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा हुने कार्यक्रममा लगाइएको राष्ट्रिय ध्वजको गलत तरिकाले उपायोग हुनु निन्दनीय विषय त हो नै, त्यसको साथै भारतीय प्रशासनको हेपाह प्रवृत्ती पनि हो भन्न सकिन्छ । यस प्रकारको क्रियाकलापमा सम्बन्धित देशका सरोकार वालाहरुले समयमा नै ध्यान दिनु पर्ने आवश्यकतालाई गम्भिरतापूर्वक लिनु पर्ने आम सर्वसाधारणको धारणा रहेको छ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आपत्ती पछि नेपालको राष्ट्र ध्वजलाई सिधा गरि सुल्टाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार