
भुवनेश्वर, ७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गतका पुर्व एरिया समिति मनचेश्वरका भू पु. सभापति श्याम थापाको एक दुर्घटनामा दुःखद निधन भएको छ । थापा नेपाल चितवन चिसापानी घर भै भुवनेश्वरको मनचेस्वोरमा एक कारखानामा श्रीमति, छोरा र छोरी सहित रहि चौकीदारी गर्दै आएका थिए ।
ड्युटीको समयमा करिब ५० किलोमीटर दुरीमा रहेको खोर्धा भन्ने ठाँउमा सोलर लगाउन गएका श्याम थापा सोलर लगाउने क्रममा ५ तलाको बिल्डिंगबाट खस्दा निधन भएको छ । साथमा रहेका एक जना लेबर भने घाइते अवस्थामा नजिकको हस्पीटलमा उपचार भइरहेको छ । दूर्घटना पछि श्याम थापालाई मालिकले हस्पिटलमा भर्ना गरे पनि अस्पतालले मृत घोषण गरेको हो स्थानीय प्रशासनले बताएका छन् ।
शुरुमा को हो, के हो चिन्दैन भनेर कारखाना मालिक हिडे पछि पिडितका आफन्तहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा रिपोर्ट पारेका थिए । उक्त रिर्पोट अनुसार परिवारजन र आफन्त सहित संगठनका कार्यकर्ताहरु पोलिस स्टेशन पुगे पछि मालिकसँग फोन सम्पर्कमार्फत गरिएको थियो ।
मालिकसँग मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रतिनिधि मण्डलले पिडित परिवारलाई क्षेतिपूर्ति, नोकरीको व्यवस्था र बस्ने बासस्थानको माग राखेको गिरिराज परियारले हामीलाई जानकारी दिनुभएको छ ।















