मध्य-उत्तर क्षेत्रीय समितिको संयुक्त विस्तारित बैठक सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य-उत्तर क्षेत्रीय समितिको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ ।

बैठकको उद्घाटन केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो । ‘एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारत प्रवासमा रहने नेपाली श्रमजिवीहरुको हकहित र सुरक्षाको लागि कार्य गर्दै आएको छ ।’ उद्घाटन मन्तव्यको सन्दर्भमा खनालले- ॅसंगठनको स्थापना सामाजिक संगठनको रुपमा भएता पनि प्रवासीनु पर्ने वाध्यताको पछाडि नेपालको राज्यसत्ता नै रहेकोले नेपालको राज्यसत्तामा आमुल परिवर्तन विना प्रवासी नेपालीहरुको वास्तविक समस्या समाधान हुन नसक्ने भएकोले भारत प्रवासमा पनि मूल प्रवाहले सामाजिक गतिविधिका साथै सचेत राजनीतिक आन्दोलनलाई अगाडि बढाएको छ ।’

‘नेपालको परिवर्तनको लागि वाधक साम्राज्यवादी शक्तिहरु एक वा अर्को प्रकारले क्रान्तिकारी आन्दोलनलाई पथभ्रष्ट गर्ने, तोडफोड गर्ने प्रयत्न गर्दै आएका छन् । त्यसको भ्रममा परेर क्रान्तिकारी आन्दोलन कम्जोर भएको छ ।’ खनालले अगाडि भन्नु भयो- ‘क्रान्तिकारी आन्दोलन कम्जोर हुँदा महत्वाकांक्षी एवं अवसरवादीहरुको प्रभावले गर्दा संगठनले कतिपय वेलामा फूटको सामाना गर्नु परेको छ । तर, सचेत कार्यकर्ताहरुले फूटपरस्तहरुले पारेको भ्रमलाई चिर्दै अगाडि बढाएको इतिहाँस कायम छ र निरन्तरता रहने छ ।’

कार्यक्रमको अध्यक्षता उत्तर भारत क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद बस्यालले गर्नुभएको थियो, भने सञ्चालन मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई लोक बहादुर गुरुङले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य भीम बहादुर थापा, ताल बहादुर खड्का, लाल बहादुर क्षेत्री, लक्ष्मी प्रसाद ज्ञावली, विर बहादर जिसी लगायतले आतित्थ्यता एवं शुभकामना दिनुभएको थियो ।

बैठकले रामप्रसाद बस्यालको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । जसमाः नारायण सापकोटा, ताल बहादुर खड्का, विर बहादुर जिसी, लक्ष्मी प्रसाद ज्ञावली, सोनु थापा, अर्जुन जिएम, सुरेश पाण्डे, लोक बहादुर गुरुङ र छविलाल बण्जाडे रहनुभएको छ ।

मई २७-२८ का दिन सम्मेलन गर्ने उदेश्यले संयुक्त सम्मेलनको लागि रामप्रसाद बस्यालको संयोजकत्वमा १०१ सदस्यीय सम्मेलन तयारी समिति गठन गरिएको छ । जसमा उपसमितिहरु, व्यवस्थापन समितिमा संयोजक राप्रसाद बस्याल, आर्थिक समितिमा संयोजक लाल बहादुर क्षेत्री, मेश तथा बजार व्यवस्थापन लाल बहादुर क्षेत्री, साँस्कृतिक संयोजक अर्जुन जिएम, स्वयंसेवक समितिमा संयोजक लोक बहादुर गुरुङ र प्रचार प्रसार समितिमा संयोजक नारायण सापकोटा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार