मूल प्रवाहको सेकपेट टोल समिति निर्माण

८ मार्च २०२३ का दिन उत्तर हैदराबाद जुब्लिहिल्सको ओ यु कोलोनी, सेकपेटमा कार्यरत नेपालीहरुको भेलाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सेकपेट टोल समिति निर्माण गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्ये दक्षिण क्षेत्रीय समितिका सदस्यहरु लालबहादुर थापा र धन बहादुर थापाको विशेष पहल, सक्रियता र उपस्थितिमा सो भेला सम्पन्न भएको हो । उक्त भेलामा संगठनको आवश्यकता, प्रवासी नेपालीहरुको स्थिति, नेपालीहरुले भोग्नु परेका समस्याहरु तथा ती समस्याहरुको समाधानमा मूल प्रवाहको भूमिका जस्ता विषयमा व्यापक छलफल भएका थिए ।

भेलाले गङ्गा बहादुर थापाको अध्यक्षतामा २ पूर्ण, २ वैकल्पिक तथा २ सल्लाहकार सहित १३ सदस्यीय सेकपेट टोल समितिको निर्माण गरेको छ । जसको उपाध्यक्षमा टेक बहादुर घर्ती, सचिवमा कुल बहादुर के.सी., सह–सचिवमा ओम कुमारी थापा ,कोषाध्यक्षमा पुर्ण बहादुर थापा र सदस्यहरुमा अबिराज भुजेल, यामबहादुर मगर, इन्द्रा मगर, गिता जि.सी., वैकल्पिक सदस्यहरुमा अभिषेक थापा, कर्ण थापा, सल्लाहकारहरुमा जुना जि.सी. र लक्ष्मण शर्मा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार