जापानमा एक नेपाली विद्यार्थीको असामयिक निधन

ओसाका । जापानमा एक नेपाली विद्यार्थीको निधन भएको छ । विद्यार्थी भिसामा जापान आएर ओकिनवामा पढ्दै आएका खिम बुढामगरको असामयिक निधन भएको हो ।

जापानले गएको वर्ष कोरोना भाइरसको महामारीका कारण सीमामा प्रतिबन्धहरु खुकुलो बनाएपछि बुढामगर जापान पढ्न भनेर आएका थिए । उनको स्थायी घर दाङ जिल्लाको तुल्सीपूर भएको बताइएको छ ।

उनी जापानी भाषा विद्यालयमा पढ्दै थिए । बुढामगर उनी बस्ने गरेको होस्टेलमा मृत अवस्थामा भेटिएको स्थानीय प्रशासनले बताएको छ । घटनाको प्रकृति हेर्दा उनले आत्महत्या गरेको जस्तो देखिएको छ ।

बुढामगरको शब प्रहरीकहाँ भएको र उनको मृत्युबारे छानबिन भइरहेको छ । उनको पोष्ट मार्टमको रिपोर्ट आउन एक साता जति लाग्ने बताइएको छ । उनको मृत्युबारे नेपालस्थित उनका परिवारजनलाई जानकारी गराइएको छ । परिवारजनको सल्लाहमा उनको अन्तिम संस्कार गरिने बताइएको छ ।

पछिल्लो समय जापानमा नेपालीहरुको मृत्युको घटनाहरु बढेका छन् । प्राकृतिक कारण वा रोगका कारण भन्दा पनि आफैंले आफ्नो ज्यान लिने प्रवृत्ति बढेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार