फर्जि कागजपत्रमा युरोप जान लागेका दुई युवकहरु मुम्बईमा गिरफ्तार

टंक कुँवर,

मुम्बई, ५ अप्रेल । युरोप जानेर आफ्नो भविष्य सुनिश्चित गर्ने, एवं वालबच्चाहरुको राम्रो भविष्यको चाहना र स्वदेशमा राज्यको तर्फबाट रोजगारको व्यवस्था नहुँदा यो वाध्यता पनि हो । तर अन्धधुन्द जो कसैलाई पनि भरोसा गरेर आफ्नो न्यून पुर्खौली जग्गा जमिन पनि साहुको हातमा सुम्पेर प्राप्त रकम पनि धेरै युवाहरुले लुटाएका कैयौं घटनाहरु प्राप्त भएका छन् ।

यसै बीच रोजगारीको लागि युरोप जान लागेका लमजुङ र रुपेन्देहीका दुई जना युवकहरु मुम्बई एअरपोर्टबाट पक्राउ परेका थिए । उनीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मूल प्रवाहको पहलमा जेल मुक्त गरिएको हो । उनीहरु मूल प्रवाहका केन्द्रीय सदस्य टंक कुँवरको नेतृत्वमा चन्द्र सुवेदी, समाजसेवी हिरा कुँवर, सेते गुरुङ लगायतको एक प्रतिनिधि मण्डलले मुम्बई भाइखोला अर्थवे जेलबाट जेलमुक्त गरिएको हो । उक्त युवकहरु ६० दिनदेखि जेल जीवन व्यतित गरिरहेका थिए ।

दुबै युवकहरु फर्जी एनओसी र फर्जी बिजाको कारण गरिफ्तार परेका थिए । धारा ४६०, ४६४ र ४७० अन्तर्गत जेल चलान भएका उनीहरु कोर्टमा चारसिट आए पछि दुई जनाको चालीस हजार धरौटी राखेर र चार जनाको जमानाथ राखि निकालिएको हो । केस फाइनल नभएसम्म ती दुई जनालाई मुम्बईमा रहनु पर्ने अदालतले निर्देशन दिएको छ । हालसम्म पासपोर्ट पुलिस प्रशासनको कब्जामा रहेको छ । हिंजो ४ अप्रेलका दिन पनि अन्य दुई जना युवकहरु सो प्रकारको केसमा पक्राउ परेर जेलमा चलान गरिएको बताइको छ ।

यतिवेला नेपाली युवाहरुमा रोजगारी लागि व्यापक युरोमा जाने क्रेज क्रेज बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार