मूल प्रवाहको संयुक्त एरिया सम्मेलन सम्पन्न

कोट्टयाम, केरला । २६ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिका चार वटा एरिया समितिको संयुक्त सम्मेलन सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य चोबनाथ शर्माले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहको स्थापना र प्रवासी नेपालीहरु संगठित हुनुपर्ने आबश्यक्ता तथा संगठनको महत्वबारे प्रस्टाउनु भएको थियो ।

दोस्रो चरणको घोसणा सभाहनारायण कार्किको अध्यक्षता र धर्मराज शर्माको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य भद्रबहादुर थापाले संयुक्त एरिया सम्मेलनका कार्यकार्यणीहरुको प्यानल प्रस्तुत गर्दै नव निर्बाचित कार्यकार्यणिहरुलाई कार्यकाल सफलताको शुःभकामना दिनुभएको थियो ।

नालियाकुणि एरियाः
एकराज पौडेलको अध्यक्षतामा ११ जनाको समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष- बालिकादेबि शर्मा सचिव- मिलन शर्मा, सहसचिव- सरस्वति ओझा, कोषाध्यक्ष- रुपा पौडेल, सदस्यहरुमाः खुमलाल ओझा शिव चापागाई, बि एकराज पौडेल, सुधिप श्रीस, धर्मराज शर्मा र ओमकार गौतम रहनुभएको छ ।

एटुमान्नुर एरिया :
नारायण कार्किको अध्यक्षतामा ११ जनाको समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष- भिम बहादुर कार्कि, सचिव- छबिलाल कार्कि, सहसचिव- खिरमायाँ थापा, कोषाध्यक्ष- धनकुमारी केसी, सदस्यहरुमाः जंगबहादुर थापा, मिना कार्कि, जुना कार्कि, देवि कार्कि, दलबहादुर खड्का र तिल प्रसाद तिवारी रहनुभएको छ ।

चेंगनाशेरी एरिया :
लाल चन्द्र पौडेलको अध्यक्षतामा पाँच सदस्य समिति गठन गरेको छ । जस्माः सचिव- टिकाराम वाग्ले, कोषाध्यक्ष- शेर बहादुर विक, सदस्यहरुमाः नेत्र प्रसाद सुवेदी र गणेश आचार्य रहनुभएको छ ।

पुदुपल्लि एरिया :
युवराज रेग्मिको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष- नारायण शर्मा, सचिव- हरि प्रसाद पौडेल, सहसचिव- चोबनाथ शर्मा, कोषाध्यक्ष- खुमा देबि शर्मा, सदस्यहरुमाः लक्ष्मि पौडेल, धना दरै, अम्बिका देबि शर्मा, हरि बहादुर भुजेल, बिष्णु देबि रेग्मी र बल बहादुर थापा रहनुभएको छ ।

संयुक्त एरिया सम्मेलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, भद्र बहादुर थापा, मनोज जिसि, महिला क्षेत्रीय बिभागबाट धनकुमारी केसी, समता बिभागबाट शेर बहादुर विक, नगर महिला बिभागबाट खिरमायाँ थापा, नगर समितिका दिल बहादुर राना, प्रेम प्रसाद शर्माको अतित्थ्यता पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात बालिका देबि शर्माले उपस्थित जनमानसहरुलाई स्वागत मन्तब्य राख्नुभएको थियो।

नारायण कार्कि, शेर बहादुर विक, एकराज पौडेल र खुमादेबि शर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार